२१ फाल्गुन २०८१, बुधबार
March 5, 2025 Wednesday

13.27°C

काठमाडौं

13.27°C

Kathmandu

Feels-like: 12.79

Wind: 1.54

Humidity: 82

तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदको गुनासो: राष्ट्रियसभामाथि प्रश्न किन ?



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्को एउटा अङ्गका रुपमा रहेको राष्ट्रियसभाको काम नभएको भन्दै गलत प्रचार गरिएकामा सभाकै एक सदस्यले गुनासो गरेका छन् । नेपालको संविधानले नै माथिल्लो सदनलाई विशेष भूमिका दिइएको भएपनि यसको प्रभावकारिता नभएको भन्दै विभिन्न कोणबाट प्रश्न उठाइएकामा सांसदले नै किन त्यस्तो भएको हो भन्ने प्रश्न गरे ।

नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रियसभाको हैसियतमाथि नै प्रश्न उठ्ने गरेकाले सभालाई थप प्रभावकारी बनाउन माग गरे। उनले सभाले गरेका काम कारवाही नियमित रुपमा पत्रकार सम्मेलन गरी आम जनसमुदायलाई जानकारी दिनुपर्ने बताए ।

राष्ट्रियसभाको संवैधानिक हैसियत र काम कारवाहीबारे पुनः मूल्याङ्कन गरी थप प्रभावकारी बनाउन आग्रह गर्दै उनले सबै समितिलाई पर्याप्त काम उपलब्ध हुने गरी राष्ट्रियसभा नियमावलीमा सुधार गर्न माग गरे । यस्तै उनले राष्ट्रियसभाको भूमिकाबारे सातवटै प्रदेशमा विचार गोष्ठी गर्नुपर्नेमा पनि जोड दिए ।