१० भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली र नारायणी नदीमा ५३ शव भेटिए जेलेन्स्कीद्वारा एलन मस्कलाई युक्रेनको सर्वोच्च सम्मान रसुवा बाढीमा १९६ भन्दा बढी जलविद्युत कर्मचारी र कामदार सम्पर्कविहीन, प्राधिकरणको उद्धार टोली सक्रिय बाढीले कूल विद्युत् उत्पादन क्षमताको दश प्रतिशत प्रभावित भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ? अस्ट्रेलियन क्यापिटल टेरिटोरीविरुद्धको खेलमा नेपाल ‘ए’ विजयी ग्यालेक्सी पब्लिक स्कुलले सार्वजनिक गर्‍यो दोस्रो फुटसल प्रतियोगिताको ट्रफी र आधिकारिक खेल बल एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय विपद् उद्धार तथा राहतका लागि ‘सेतु’ प्रणालीमार्फत सहयोग माग गर्न सकिने बाढी प्रभावित विद्यालयको पुनःस्थापनामा सहकार्य गर्ने प्याब्सनको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसदको गुनासो: राष्ट्रियसभामाथि प्रश्न किन ?



अ+ अ-

काठमाडौँ । सङ्घीय संसद्को एउटा अङ्गका रुपमा रहेको राष्ट्रियसभाको काम नभएको भन्दै गलत प्रचार गरिएकामा सभाकै एक सदस्यले गुनासो गरेका छन् । नेपालको संविधानले नै माथिल्लो सदनलाई विशेष भूमिका दिइएको भएपनि यसको प्रभावकारिता नभएको भन्दै विभिन्न कोणबाट प्रश्न उठाइएकामा सांसदले नै किन त्यस्तो भएको हो भन्ने प्रश्न गरे ।

नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले राष्ट्रियसभाको हैसियतमाथि नै प्रश्न उठ्ने गरेकाले सभालाई थप प्रभावकारी बनाउन माग गरे। उनले सभाले गरेका काम कारवाही नियमित रुपमा पत्रकार सम्मेलन गरी आम जनसमुदायलाई जानकारी दिनुपर्ने बताए ।

राष्ट्रियसभाको संवैधानिक हैसियत र काम कारवाहीबारे पुनः मूल्याङ्कन गरी थप प्रभावकारी बनाउन आग्रह गर्दै उनले सबै समितिलाई पर्याप्त काम उपलब्ध हुने गरी राष्ट्रियसभा नियमावलीमा सुधार गर्न माग गरे । यस्तै उनले राष्ट्रियसभाको भूमिकाबारे सातवटै प्रदेशमा विचार गोष्ठी गर्नुपर्नेमा पनि जोड दिए ।