१९ माघ २०८१, शनिबार
,
Latest
‘सोचेर निर्णय लिएका हौं, उहाँलाई गाली नगर्नुहोला’ त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डलाई दियो १०२ रनको लक्ष्य ८ वर्षीया आकृति पाण्डेको बालकथा संग्रह द स्प्राउटिङ स्टोरीज लोकार्पण आइएमई ग्रुपको लगानीमा बागलुङमा इला कम्फोर्ट होटल संचालन त्रिकोणात्मक महिला क्रिकेट श्रृङ्खलाः नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै राष्ट्र र समाजप्रतिको उत्तरदायित्व निभाउन काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर चार महिनादेखि त्रिपालमुनि खानीखोलाका घरपरिवार तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर विवाहको उमेरहद २० वर्ष नै कायम गर्न आग्रह काम गर्न सरकारमा जानैपर्छ भन्ने छैन: सुमना श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक विधेयक पेश



अ+ अ-

खस्यौली । प्रदेश नं ५ को प्रदेशसभामा वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आज पेश भएको छ । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले सो विधेयक प्रदेशसभामा प्रस्तुत गरेका थिए ।

यसअघि प्रदेशसभाको विशेष समयमा विभिन्न विषयमा प्रदेशसभाका सदस्यले सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेशसभाका सदस्य बाबुराम गौतमले जमीनको पुर्जा वितरण गर्ने अधिकार कुन तहलाई हो ? भन्ने प्रश्न गर्दै भूमिको पुर्जा वितरण गर्ने पनि हो कि बोर्ड मात्रै झुण्ड्याउने हो भने ।

अर्का सदस्य कल्पना पाण्डेले प्रदेशसभाको स्थापना दिवसमा राजपालाई अवमूल्यन गरेको गुनासो गरे । अर्का सदस्य सन्तोष पाण्डेले कोरोना भाइरस नियन्त्रणका लागि भारतसँग जोडिएको सीमा क्षेत्रमा स्वास्थ्य ‘डेस्क’ स्थापना गर्न माग गरे ।