४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

कृषिमन्त्री परियारको इटाली भ्रमण स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णयहरु

कृषिमन्त्री परियारको इटाली भ्रमण स्वीकृत, यस्ता छन् सरकारका अन्य निर्णयहरु
अ+ अ-

काठमाडौँ । सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ ।

पुस २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको हो ।

बैठकका निर्णयहरु सुनाउँदै अन्तरिम सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले माघ ४ गते ११ बजे संघीय संसदको राष्ट्रिय सभाको अधिवेश आह्वान गर्ने निर्णय गरेको बताउनु भयो । उहाँकाअनुसार सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । २०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्टमा  कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको बताउनु भयो ।

यस्ता छन् सरकारका निर्णयहरुः 
२०८२ माघ ४ गते आईतवारका दिन ११ बजे संघीय संसद सचिवालय, सिंहदरबारमा संघीय संसदको राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रको सदस्य राष्ट्रको हैसियतले नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदान रकम अमेरिकी डलर दुई लाख त्रियासी हजार पाँच सय तीन भुक्तानी गर्न स्वीकृति दिने ।
मेक्सिकोमा २०८२ माघ २६ देखि फागुन १ गतेसम्म आयोजना हुने एएमएल÷सिएफटी सम्बन्धी एफएटिएफ को प्लेनरी बैठकमा सहभागी हुन अर्थ मन्त्रालयका सचिव (राजस्व) श्री भूपाल बराललाई स्वीकृति प्रदान गर्ने ।
वित्तीय क्षेत्र विकास रणनीति (२०८२÷८३–२०८६/८७) स्वीकृत गर्ने ।
२०८२ माघ ६ र ७ गते चीनको सिजाङ्ग (ल्हासा) मा आयोजना हुने नेपाल–चाइना कोर्डिनेसन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कर्पोरेसनको तेस्रो बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेको नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने ।
नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने ।
२०८२ माघ २६ देखि २८ गतेसम्म इटलीको रोममा आयोजना हुने ४९ औं सेसन अफ गभर्निङ काउन्सिल अफ द इन्टरनेशनल फण्ड फर एग्रिकल्चर डेभलपमेण्टमा  कृषि तथा पशुपंक्षी विकास मन्त्री माननीय डा. मदनप्रसाद परियारलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
म्यानमारमा भइरहेको तेस्रो चरणको निर्वाचनमा अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षकको रूपमा २०८२ माघ ९ देखि १२ गतेसम्म सहभागी हुन माननीय निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधारलाई स्वीकृति प्रदान गर्ने ।
२०२५ मार्चको भुकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनी फैया (बौद्ध पगौडा) को अभिलेखालय पुनःनिर्माण र गंगाघाट मन्दिरको पुनःनिर्माणका लागि अमेरिकी डलर तीन लाख पचास हजार आर्थिक सहयोग उपलब्ध गराउने ।
मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गर्ने ।
समस्याग्रस्त संस्था वा सङ्घको सम्पती व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य श्री उद्ववप्रसाद तिमल्सेनाको राजीनामा स्वीकृत गर्ने र उक्त पदमा श्री मधुकर राना, ललितपुरलाई मनोनयन गर्ने ।
नेपाली सेनाका तीन जना महासेनानीहरूको सहायक रथीमा बढुवा गर्ने र दुई जना महासेनानीहरूको सरूवा गर्ने ।
२०८२ माघ २८ देखि फागुन १ गतेसम्म मोरक्कोको माराकेसमा आयोजना हुने छैटौं ग्लोवल कन्फ्रेन्स अन द एलिमेसन अपफ चाइल्ड लेबरमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. दिपक काफ्लेलाई स्वीकृति प्रदान गर्ने ।
स्पेनको म्याड्रिडमा आयोजना हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री मुकुन्दप्रसाद निरौलाको २०८२ माघ ६ देखि १२ गतेसम्म सहभागी हुन स्वीकृति दिने ।
दलितको हक अधिकार तथा विकाससम्बन्धी विधेयक तर्जुमाको गर्न सिद्धान्त स्वीकृत गर्ने ।
इलामको फिक्कल, सोलुखुम्बुको सोताङ, बाजुराको कोल्टी र मुगुको रामतडीमा मालपोत कार्यालय तथा नापी कार्यालय स्थापना गर्ने गरी मालपोत कार्यालय र नापी कार्यालयहरूको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने ।
गोरखापत्र संस्थानको अध्यक्ष पदमा श्री गोविन्दप्रसाद भण्डारी, भक्तपुरलाई तोक्ने ।
२०८२ माघ १९ देखि २४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व स्वास्थ्य सङ्गठनको १५९ औं सेसन अफ द एक्ज्युकिटिभ बोर्डमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा श्री रामबहादुर रावल, बाजुरालाई नियुक्त गर्ने ।