४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्छः सञ्चारमन्त्री खरेल

जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयहरुबाटै हुनुपर्छः सञ्चारमन्त्री खरेल
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जनतामा परिवर्तनको अनुभुति हुनेगरी काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

मंगलवार काठमाडौं जिल्ला प्रशासन कार्यालयको अनुगमनमा पुग्नुभएका उहाँले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै जेन–जी आन्दोलन र परिवर्तित सन्दर्भमा राष्ट्र सेवक हुँ भन्ने अनुभुति जनतालाई दिलाउने गरी काम गर्न कर्मचारीहरुलाई सचेत गराउनुभएको हो ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री खरेलले कर्मचारी र जनताको बीचको सम्बन्ध नङ–मासुको जस्तो बनाउन पनि उनीहरुले जनसेवाको कामलाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले जनतालाई परिवर्तनको अनुभुति दिलाउने काम सरकारी कार्यालयबाटै हुनुपर्ने पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘सरकारी कर्मचारी, सबै राष्ट्र सेवक कर्मचारीहरुलाई म के भन्छु भने–जनतालाई परिवर्तनको अनुभुति हाम्रा सरकारी कार्यालयहरुबाटै हुनुपर्छ । यतातिर हामी अगाडि बढ्यौँ भने कर्मचारी र जनता चाँही नङ–मासु हो, त्यो साच्चिकै हो । त्यो कुरा अझै स्थापित भएर जान्छ । र, हामी जनताको सेवक हौं कर्मचारी पनि र राजनीतिकर्मी पनि भन्ने अनुभुति चाहीँ जति सक्दो बढी हामीले जनतालाई दिलाउन सक्यौँ, त्यति जनतालाई यो राज्य मेरो हो, यो राष्ट्र मेरो हो । कर्मचारी मेरा हुन् । राजनीतिक दल र पार्टीहरु पनि हाम्रा हुन् । र जनताका लागि हुन भन्ने अनुभुति हुन्छ ।’

अनुगमनका क्रममा मन्त्री खरेलले काठमाडौ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको काम सन्तुष्टि रहेको उल्लेख गर्दै खुशी व्यक्त गर्नुभएको थियो भने प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले आफ्नो मातहतमा भइरहेका जनसेवाका कामबारे मन्त्री खरेललाई ब्रिफिङ गर्नुभएको थियो ।