८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनलाई मन नपराउनेहरुले कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाए: प्रचण्ड



अ+ अ-

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । चीनलाई मन नपराउनेहरुले त्रसित बनाउन अनावश्यक भ्रम फैलाएको प्रचण्डले बताएका हुन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भ्रमण वर्षको मुखैमा चीनमा कोरोना भाइरसको प्रकोप फैलिइरहँदा नेपालको पर्यटनमा थोरै समस्या देखिए पनि केही समयमै समस्या हल हुने बुधबार पोखरामा बताए ।

प्रचण्डले एमसीसीलाई पार्टीले हल्का रुपमा नलिएको पनि बताएका छन् । कार्यदलको रिपोर्टका आधारमा एमसीसीबारे थप निर्णय गरिने बताए । प्रचण्डले संयुक्त राज्य अमेरिका या अरु कुनै कुटनीतिक सम्बन्ध भएका देशसँग नकारात्मक ढंगले सोच्ने पक्षमा आफूहरु नरहेको पनि प्रष्ट्याए ।