१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनलाई मन नपराउनेहरुले कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाए: प्रचण्ड



अ+ अ-

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । चीनलाई मन नपराउनेहरुले त्रसित बनाउन अनावश्यक भ्रम फैलाएको प्रचण्डले बताएका हुन् ।

पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भ्रमण वर्षको मुखैमा चीनमा कोरोना भाइरसको प्रकोप फैलिइरहँदा नेपालको पर्यटनमा थोरै समस्या देखिए पनि केही समयमै समस्या हल हुने बुधबार पोखरामा बताए ।

प्रचण्डले एमसीसीलाई पार्टीले हल्का रुपमा नलिएको पनि बताएका छन् । कार्यदलको रिपोर्टका आधारमा एमसीसीबारे थप निर्णय गरिने बताए । प्रचण्डले संयुक्त राज्य अमेरिका या अरु कुनै कुटनीतिक सम्बन्ध भएका देशसँग नकारात्मक ढंगले सोच्ने पक्षमा आफूहरु नरहेको पनि प्रष्ट्याए ।