८ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गच्छदारविरुद्ध मुद्दा दायर भएपछि काँग्रेसले बोलायो आकस्मिक बैठक



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको आकस्मिक पदाधिकारी बैठक जारी रहेको छ । सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार काँग्रस नेताहरु बिहान १० बजेबाट पार्टी कार्यालय सानेपामा छलफलमा जुटेका छन् । बैठकमा काँग्रेस निकट कानुन व्यवसायीको पनि सहभागिता रहेको छ । ललितानिवास प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसभापति विजयकुमार गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछ काँग्रेस नेताहरु र कानुुन व्यवसायीहरु छलफलमा जुटेका हुन् ।

बैठकको मुख्य विषय उपसभापति गच्छदारविरुद्ध दायर मुद्दा र अब पार्टीका तर्फबाट चाल्नुपर्ने कदममा केन्द्रित रहेको छ । भानुले भने, ‘अहिले पार्टी कार्यालयमा उपसभापतिविरुद्ध दायर मुद्दाका विषयमा पार्टीका शीर्ष नेता र कानुन व्यवसायीबीच छलफल भइरहेको छ ।’
अख्तियारले बुधबार ललिता निवास प्रकरणमा दोषी करार गर्दै काँग्रेस उपसभापति गच्छदारसहित एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

०६६मा माधव नेपालको नेतृत्वको सरकार हुँदा प्रधानमन्त्री निवास विस्तार गर्न मन्त्रिपरिषद्मा ७ बुँदे प्रस्ताव गएको थियो । तत्कालीन भौतिक योजना तथा निर्माण सचिव दीप बस्न्यातले प्रस्ताव अघि बढाएका थिए भने भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारले स्वीकृति दिएर मन्त्रिपरिषद्मा पुर्याए । सोही प्रस्तावका आधारमा टेकेर मोही नै नभएका १२ जना मोही कायम भएर उनीहरूले १३ रोपनी बढी सरकारी जग्गा पाएका थिए । त्यही आधारमा टेकेर गच्छदारमाथि मुद्दा दायर भएको छ ।