१५ श्रावण २०८३, शुक्रबार
,
Latest
मधेसको अशान्ति न्युनिकरणका लागि प्रधानमन्त्रीसँग सीके राउतको प्रश्तावः ‘ र्‍याट्स’ टिम र अन्तरधार्मिक काउन्सिल गठनको… ‘मधेसलाई रणभूमि बनाउने प्रयास गरियो’–अध्यक्ष अन्सारी साम्प्रदायिक दंगा नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न सरकारसँग महतोको माग गृहमन्त्री गुरुङको निर्देशनपछि मधेस र कोशीमा ड्रोनबाट सुरक्षा निगरानी तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्री वालेन्द्र शाहले मधेशका विभिन्न दलका नेतासँग छलफल गर्दै देवानगञ्ज घटनाका पीडितलाई दुई लाख प्रदान गर्ने प्रदेश सरकारको निर्णय धनुषाको जनकपुरधामसहितका क्षेत्रमा जारी निषेधाज्ञा दोस्रो दिन पनि यथावत मन्त्री चौधरीद्वारा व्यावसायिक प्राङ्गारिक मल उत्पादकहरूको विवरण संकलन सुरु सामाजिक सद्भाव कायम राख्न रवि लामिछानेद्वारा धार्मिक अगुवासँग छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जितेको छ : उद्योगमन्त्री सिन्हा



अ+ अ-

काठमाडौँ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले विश्व बजारमा नेपालको उत्पादनले गुणस्तरमा विश्वास जित्दै आएको बताउनुभएको छ ।

नेपाल जर्मन चेम्बर अफ कमर्सको ३० औँ र ३१ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले नेपाल र जर्मनीको व्यवसाय साझेदारीमा निरन्तरता दिँदै ‘पिपुल टु पिपुल कनेक्सन’मा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले नेपाल र जर्मनीबीचको व्यवसायमा सहकार्य गर्न उत्साहित रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसीआइ)का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले खुलेर स्वस्थ व्यवसाय गर्ने वातावरणको आवश्यकता औँल्याउनुभयो ।

कमर्सका अध्यक्ष सन्तोष कुँवरले नेपाललाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आवश्यक रहेकामा जोड दिनुभयो । “हामीलाई युरिया मल न्यूनतम पनि सात लाख मेट्रिक टन चाहिन्छ ।

तर, हामीले तीन लाख मेट्रिक टन पनि ल्याउन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले जर्मनबाट डिटेल प्रोजेक्ट रिपोर्ट बनाई नेपालमा मल कारखाना सञ्चालन गर्ने भनेर लगानी बोर्डमा जुन प्रस्तावना पेस भएको छ, यसलाई सबैले मिलेर लागू गराउनुपर्छ ।” रासस