१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

कला र कलाकार जोगाउन ‘लाइभ पेन्टिङ’

कला र कलाकार जोगाउन ‘लाइभ पेन्टिङ’
अ अ+ अ-

काठमाडौँ। एक हातमा ‘ब्रस’ र अर्को हात ‘नाइफ’सँगै सेतो क्यान्भासमा रङ्ग पोतिरहनुभएको थियो, पाका पुस्ताका कलाकार किरण मानन्धर ।

आफ्नै धुनमा क्यानभास रङ्ग्याउनमा व्यस्त देखिनुएका किरणको कला देखेर नेपाल–जर्मन चेम्बर अफ कमर्सका अध्यक्ष सन्तोषचन्द्र कुँवर र कलाकार अनिता भट्टराईले कला र व्यवसायको अन्तर–सम्बन्ध जोड्ने योजना बुन्दै हुनुहन्थ्यो । भट्टराईले भन्नुभयो, “किरण दाइको चित्र व्यवसायीहरुलाई कसरी बुझाउने होला भनेर सोच्दै छु ।”

उहाँको मुख्य चासो नै कलाकारको मेहनत व्यवसायीले महसुुस गरिदिनुपर्नेमा केन्द्रित थियो । किरणकै काम नियाली रहनुभएका कमर्सका अध्यक्ष कुँवरले भट्टराईको मनसाय बझुेर भन्नुभयो, “कला र व्यवसायलाई एकै साथ अघि बढाउनुपर्छ भन्नेमा म पनि सहमत छु ।”

काठमाडाँैमा आज आयोजित नेपाल–जर्मन चेम्बर अफ कर्मस एन्ड इन्ड्रस्टीको ३० र ३१ औँ वार्षिक साधारणसभामा व्यवसाय र कलाकारबीचको सहकार्य यसरी झल्किएको थियो । जसलाई कलाकारसमेत रहनुभएकी अनिता भट्टराईले कला संयोजन गर्नुभएको थियो ।

लाजिम्पाटस्थित होटल -याडिसनमा भएको कार्यक्रममा पाका र युवाहरु गरी १३ जना कलाकारले स्थलगत चित्रकला (लाइभ पेन्टिङ) कार्यशाला गर्नुभएको थियो ।

भट्टराईका अनुसार कलाकारको महत्वलाई प्रोत्साहन गर्न व्यवसायीको ठूलो सहकार्य आवश्यक हुने गर्छ । उहाँ पछिल्लो केही वर्षदेखि अन्तरराष्ट्रिय र राष्ट्रियस्तरमा नेपाली कलाकारको कला व्यवसायलाई विस्तार गर्न प्रयत्नशील हुनुहुन्छ । उहाँको विचारमा कला सङ्कलक र कला पारखीबीच   अन्तर छ । “हामी कहाँ आर्ट कलेक्टर त भए तर, आर्ट लभर निकै कम छन्”, उहाँले भन्नुभयो, “म यहाँ कलाकारको कलालाई माया गर्न व्यवसायिहरुलाई बुझाउने प्रयत्नमा छु ।”

कमर्सका अध्यक्ष कुँवरले भट्टराईको कलालाई व्यवसायमा जोड्ने अभियानलाई सकारात्मक रुपमा लिएको बताउनुभयो । त्यसैले पहिलोपटक कमर्सको साधारणसभामा कलाकारलाई बोलाएर कार्याशाला गर्नुका साथै उहाँहरुको कलाकृति बिक्री गराउने माहोल समेत जुटाउन लागिएको बताउनुभयो ।

ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति समेत रहनुभएका कलाकार किरणले अमुर्त आकृति क्यानभासमा उतार्नुभएको थियो । यसरी प्रत्यक्ष चित्र कोर्न पाँउदा दर्शकले कलाकारको रंग र क्यानसभासको प्रक्रिया नियाल्ने मौका पाउने उहाँले सुनाउनुभयो । “कलाकारले कसरी चित्र बनाउँछ भनेर पुरै प्रक्रिया हेर्नु दर्शकका लागि रमाइलै कुरा हो नि”, उहाँले भन्नुभयो, “विदेशमा स्थलगत चित्र कोर्ने संस्कृति हामी कहाँभन्दा धेरै छ । यसले कलाकारको मुल्य सर्वसाधारणलाई बुझ्न र बुझाउन निकै भूमिका खेलेको हुन्छ ।”

व्यवसायी राजीव मङ्गल जोशीले देशको कलाकार र कलाकृतिको संरक्षण गर्ने दायित्व व्यवसायीहरुको पनि रहेको बताउनुभयो । चेम्बरका महासचिव एलेक्स लाल मोक्तानले आगामी दिनमा पनि चेम्बरबाट हुने अन्य गतिविधिमा कलाको सहभागिता जोड्दै जाने योजना रहेको सुनाउनुभयो ।

स्थलगत चित्र कार्यशालामा किरणसँगै चित्रकार चिराग वाङ्देल, डिबी राई, सागर मानन्धर, प्रभात श्रेष्ठ, विभूषण ताम्राकार, ओम गुरुङ, विकुकुमार थापा, मन गुरुङ, मङ्गल प्रजापति, सुवास खड्का, श्याम फुयाल, युगदास मानन्धरलगायतका कलाकारले क्यानभास रङ्ग्याएका थिए । रासस