• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
  •   Unicode
Logo
Latest
★   बाँकेमा चित्तलको मासुसहित एकजना पक्राउ ★   केदारनाथ जाने बाटोमा ढुंगा खसेर लाग्दा ३ श्रद्धालुको मृत्यु, ८ घाइते ★   न्युरोडमा फुटपाथ विस्तारविरुद्ध सडकबाटै काम गर्न थाले वडाध्यक्ष चिनकाजी महर्जन ★   पाकिस्तानी खेलाडीले ग्लोबल टी–२० लिग खेल्न नपाउने ★   काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरीहरु सुधार गर्नुपर्छ: महामन्त्री थापा ★   काँग्रेसीहरु पढ्दै पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ: सभापति देउवा ★   एकैदिन एक हजार तीन सयले घट्यो सुनको मूल्य ★   डिभोर्सपछि हार्दिकले भने – नताशासँग बस्न धेरै धैर्यता चाहिन्छ ★   राहुघाट आयोजनाको मुख्य सुरुङ प्राय: पूरा ★   अफ्रिका महादेशमा १५ लाख शिक्षकको अभाव

उद्यान, सूचना केन्द्र र पदमार्ग उद्घाटन



दमौली । तनहुँको भिमाद नगरपालिका–९ मोहोरियामा निर्माण भएका तीन योजना एकसाथ उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकार र वडा कार्यालयको लगानीमा बनाइएको घाङ्च ल्हुम (अग्लो ढुङ्गा) पक्षी एवं वनस्पति उद्यान, पर्यटन सूचना केन्द्र भवन र धन्दुर इको पदमार्ग एकसाथ बुधबार गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले उद्घाटन गर्नुभयो । 

गण्डकी प्रदेश सरकारको रु २० लाखको लागतमा अग्लो ढुङ्गासहितको उद्यान निर्माण गरिएको थियो । मगर भाषामा अग्लो ढुङ्गालाई घाङ्च ल्हुम भनिन्छ । मोहोरियाको जङ्गलमा अग्ला ढुङ्गा परापूर्वकालदेखि नै थिए। झट्ट हेर्दा आकर्षक देखिने चुच्चे अग्ला ढुङ्गा ढुङ्गामै सीमित थिए । तीनै ढुङ्गालाई सिङ्गारेर उद्यान बनाइएको हो ।उद्यान निर्माणका लागि स्थानीयवासीले दश प्रतिशत व्यहोेरेका छन् । ढुङगा सिङ्गारेर उद्यान बनाइएपछि आन्तरिक पर्यटकको चहलपहल सुरु भएको वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो । 

सोही ठाउँमा रु २० लाखको लागतमा धन्दुर इको पदमार्ग निर्माण गरिएको छ । पदमार्गमा रेलिङसहितको चार सय मिटर सिँढी निर्माण गरिएको छ । चमेरो गुफाबाट मोहोरियाको घाङ्चल्हुम जोड्नलाई रेलिङसहितको सिँढी बनाइएको छ । प्रसिद्ध चार तले धन्धुर सिद्ध गुफासँगै रहेको चमेरो गुफादेखि मोहोरियासम्म निर्माण गरिएको पदमार्गले सर्वसाधारणलाई सहज हुने उहाँले बताउनुभयो । 

निकट भविष्यमा सिद्धगुफा, चमेरेगुफा, मोहोरियाका घाङचलुह्म, पाइमीको भ्युटावर, इलुङ झरना हुँदै पाथर्दी सामुदायिक होमस्टेलाई जोडेर फूलको बगानसहितको पदमार्ग बनाउने योजना रहेको वडाध्यक्ष थापाको भनाइ थियो । मोहोरियामै रु १९ लाखको लागतमा सूचना केन्द्र निर्माण गरिएको छ । केन्द्रमा यस ठाउँ वरपर पाइने जडीबुटी सङ्कलन गरी प्रदर्शनीमा राखिनेछ । (रासस)