१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन जलविद्युत आयोजनाको टनेलमा फसेका नागरिकको जीवनरक्षालाई प्राथमिकता दिन सरकारलाई एमालेको आग्रह मन्त्रिपरिषद् बैठक सुरु होटल व्यवसायीलाई मन्त्री यादवको आग्रह : ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार,होटलको लागि सिलिन्डरको तौल…
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि काँग्रेसले सशक्त भुमिका खेल्छः गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्र गगनकुमार थापाले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आफ्नो पार्टीले सशक्त भुमिका निर्वाह गर्ने बताउनुभएको छ ।

नेपाली काँग्रेस सो निर्वाचनमा सहभागी हुने र त्यसलाई भव्यताका साथ सफल पार्न लागिपर्ने महामन्त्री थापाको भनाई थियो । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा बोल्दै उहाँले निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

हामन्त्री थापाले भन्नुभयो,‘नेपाली काँग्रेस पार्टी फागुन २१ को निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित हुनुपर्छ भन्ने मान्यता राख्छ । र भव्यताका साथ नेपाली काँग्रेस पार्टी यो निर्वाचनलाई सफल बनाउने कुरामा आफनो भुमिका निर्वाह गर्दछ । हामी निर्वाचनमा सोहीअनुसार सहभागी हुन्छौँ भन्नेकुरा यहाँ राखेको छु ।’

महामन्त्री थापाले निर्वाचन प्रणालीमा सुधारको आवश्यकतामा पनि जोड दिनुभयो ।