१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना प्रकोपको चेतावनी दिने डाक्टर समेत रहेनन्



अ+ अ-

बेइजिङ । कोरोना भाइरसका कारण चीनमा अर्को एक जना डाक्टरको मृत्यु भएको छ । गत डिसेम्बरमा नै चीनमा ‘सार्स’ भाइरसजस्तै प्रकोपको खतरा रहेको भन्दै चेतावनी दिने डाक्टर ली वेनलियाङको शुक्रबार बिहान मृत्यु भएको हो ।

यसअघि माघ ११ गते हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो।

वुहान सेन्ट्रल अस्पतालले लीको मृत्यु शुक्रबार बिहान भएको पुष्टि गरे पनि केही चिनियाँ सञ्चारमाध्यमले भने बिहीबार राति नै लीको मृत्यु भएको बताएका थिए। ‘कोरोना भाइरस प्रकोप नियन्त्रणका लागि लड्दै गर्दा हाम्रो अस्पतालका आँखा रोग विशेषज्ञ ली वेनलियाङलाई कोरोना संक्रमण भएको थियो। उनलाई बचाउनका लागि हामीले निकै प्रयास गर्यौं। तर शुक्रबार बिहान २ः५८ मा उनको मृत्यु भयो,’ अस्पतालले विज्ञप्तिमार्फत भनेको छ।

घन्टौंसम्म लीको मृत्युका बारेमा विभिन्न समाचार आइसकेका थिए। अस्पतालले लीको अवस्था अत्यन्तै गम्भीर भएको तर मृत्यु नभएको भन्ने विज्ञप्ति प्रकाशित गरेपछि केही चिनियाँ सञ्चार माध्यमले पहिले गरेका ट्वीट हटाएका थिए। अस्पतालले पछि मात्रै लीको मृत्यु पुष्टि गरेको हो।

वुहानका ‘ह्विसलब्लोअर’
लीले भाइरसको प्रकोपका बारेमा चेतावनी दिएका थिए, तर त्यही भाइरसले उनकै ज्यान लियो। डिसेम्बरमा उनले मेडिकल कलेजको एलुम्नाई ग्रुपमा यसको बारेमा जानकारी गराएका थिए। वीच्याटमा उनले सिफुडका कारण सात जना बिरामी भएको र यसको लक्षण सार्सको जस्तो भएको उनले बताएका थिए। उनले ती सात जनालाई वुहान अस्पतालमा राखिएको पनि बताएका थिए।

पछि वुहान प्रहरीले लीले हल्ला फैलाएको आरोप लगायो। लीलगायत अन्य केही स्वास्थ्यकर्मीलाई पनि प्रहरीले अनावश्यक हल्ला फैलाएको आरोप लगायो। ली जनवरी १२ मा अस्पताल भर्ना भएका थिए। फेब्रुअरी १ मा उनमा कोरोना भाइरस पोजिटिभ देखिएको थियो।

सामाजिक सञ्जालमा आक्रोश
लीको मृत्युपछि सामाजिक सञ्जालमा चिनियाँ नागरिकले आक्रोश पोखेका छन्। ‘डाक्टर लीको मृत्युमा वुहान सरकारले माफी माग्नुपर्छ’, ‘हामी अभिव्यक्ति स्वतन्त्रता चाहन्छौं’, लगायतका पोस्टहरु चिनियाँ सामाजिक सञ्जाल वेइबोमा ट्रेन्डिङमा छ।

वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण शुक्रबार बिहानसम्म ६१८ जनाको मृत्यु भइसकेको छ। त्यस्तै झन्डै २९ हजार कोरोनाबाट संक्रमित भएका छन्। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार अहिलेसम्म एक हजार ३ सय ४१ जना निको भइसकेका छन्।
कान्तिपुरबाट