५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु

निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमुखिकरण सुरु
अ+ अ-

नेपालगञ्ज । मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश, जिल्ला निर्वाचन अधिकारीका लागि निर्वाचन व्यवस्थापनसम्बन्धी दुई दिने अभिमूखिकरण कार्यक्रम आज यहाँ सुरु गरिएको छ ।

अभिमुखिकरणको शुभारम्भ गर्दै निर्वाचन आयोगका आयुक्त डा जानकीकुमारी तुलाधरले निर्वाचन लोकतन्त्रको मूल आधार भएको बताउनुभयो । उहाँले यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित, समावेशी तथा विश्वसनीय रुपमा सम्पन्न गर्न प्रतिबद्धताका साथ कार्य गरिरहेको जानकारी दिनुभयो ।

निर्वाचन आयुक्त डा तुलाधरले भन्नुभयो, “निर्वाचनमार्फत जनताको सार्वभौम अधिकारको प्रयोग सुनिश्चित गर्दै लोकतान्त्रिक संस्थालाई सुदृढ बनाउन आयोगको प्रमुख दायित्व हो ।”

उहाँले गुनासो तथा विवाद व्यवस्थापनमा कानुनसम्मत, निष्पक्ष र समयवद्ध तथा विवेक र औचित्यपूर्ण निर्णय प्रणाली अवलम्बन गरिरहनु उपयुक्त हुने कुरामा जोड दिँदै महिला, दलित, आदिवासी, जनजाति, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, यौनिक अल्पसङ्ख्यकसहित सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।

“निर्वाचन सञ्चालनका क्रममा सार्वजनिक स्रोत उपयोगमा पारदर्शीता, मितव्ययिता, वित्तीय अनुशासन तथा उत्तरदायित्व अनिवार्य हुन्छ”, आयुक्त डा तुलाधरले भन्नुभयो । आजको डिजिटल युगमा सामाजिक सञ्जाल डिजिटल माध्यममार्फत द्वेषपूर्ण अभिव्यक्ति, मिथ्या सूचना, दुष्प्रचार वा अफवाहले निर्वाचनको विश्वसनीयतामा चुनौती सिर्जना गर्न सक्ने भएकाले सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

यस निर्वाचनमा नवयुवा पुस्ताको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको उल्लेख गर्दै आयुक्त डा तुलाधरले आयोगले संविधान, निर्वाचनसम्बन्धी ऐन, नियमावली, निर्देशिका, कार्यविधि, निर्वाचन आयोगद्वारा जारी मापदण्डको पूर्ण पालना विश्वसनीयताको आधार भएको बताउनुभयो । सचिव पारश्वर ढुङ्गानाले विगतमा भएका निर्वाचनबाट शिक्षा लिएर आगामी निर्वाचनलाई प्रभावकारी बनाउन आग्रह गर्दै सैद्धान्तिक कुरा सँगसँगै व्यवहारिक कुरामासमेत जोड दिइने बताउनुभयो ।

दुई समूहमा निर्वाचन व्यवस्थापनका विषयमा छलफल हुने अभिमूखिकरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन, संवैधानिक तथा कानुनी व्यवस्था र निर्वाचन कार्यक्रम सम्बन्धमा नेपाल सरकारका सचिव ढुङ्गानाले, निर्वाचनका विविध पक्ष, जनशक्ति, आर्थिक, सुरक्षा व्यवस्थापन एवं मतदाता शिक्षा सम्बन्धमा विज्ञ स्रोत व्यक्ति कोमलप्रसाद धमला, निर्वाचन व्यवस्थापनमा मिथ्या सूचना, दु्ष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति, नीतिगत व्यवस्था, नियमन र नियन्त्रण सम्बन्धमा सहसचिव सुभाषकुमार भट्टराईले सहजीकरण गर्नुहुनेछ ।

त्यस्तै, निर्वाचन आयोगमा सञ्चालनमा रहेका सूचना प्रविधिसम्बन्धी प्रणाली स्रोत व्यक्ति वीरेन्द्रकुमार मिश्रले सहजीकरण गर्नुहुनेछ । अभिमूखिकरणमा लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका २७ जिल्लाका ६६ जना मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी लगायतको सहभागिता रहेको छ ।