१२ भाद्र २०८३, शुक्रबार
,
Latest
आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने रसुवा बाढीपीडितका लागि हेटौँडा स्कूल अफ म्यानेजमेन्टले २० लाख सहयोग ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरियो तरकारीमा विषादी बढ्दो



अ+ अ-

काठमाडौँ । पछिल्लो समय हरियो तरकारीमा विषादी बढ्दै गएको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारस्थित विषादी प्रयोगशालामा गरिएको परीक्षण रिपोर्टअनुसार हरियो तरकारी सिमी, काउली र गोलभेंडामा अत्यधिक विषादीको अवशेष पाइएको छ

विगतको तुलनामा चालू आर्थिक वर्षमा कालीमाटी बजारमा भित्रिने हरियो तरकारीमा विषादीको मात्रा बढेको पाइएको छ । आर्थिक वर्ष २०७४/७५ मा १ हजार ८ सय ५० नमुनामा विषादी चेकजाँच गर्दा तीनवटा नमुनामा मात्र विषादी पाइएको थियो । यसैगरी, आव २०७५/७६ मा ३ हजार १ सय २४ वटा नमुनामा दुईवटामा विषादि पाइएको थियो ।

त्यस्तै, चालू आव २०७६/७७ को २० माघसम्ममा १ हजार ४ सय २ वटा नमुनामध्ये १२ वटामा अत्यधिक विषादी पाइएको छ । केन्द्रका नायब प्राविधिक सहायक जागेश्वर शर्माका अनुसार सर्लाहीबाट आउने हरियो सिमी र गोलभेंडामा सबैभन्दा धेरै विषादी पाइएको छ ।

यसैगरी, चितवनबाट ल्याइएकोे काउलीमा पनि धेरै विषादी पाइएको छ । शर्माले भने, ‘चालू आवमा विषादी प्रयोगशालामा १४ सय २ नमुना जाँच गर्दा १२ वटामा खान नमिल्ने (रातो) देखाएको थियो भने तीनवटा नमुना केही दिन पर्खेर खानु मिल्ने (पहेंलो) देखाएको थियो । १३ सय ८७ नमुना भने खान मिल्ने पाइएको थियो । शर्माले काउली र गोलभेंडामा एकपटक पाइएको भनेपछि सिमीमा पटक–पटक विषादी अत्यधिक पाइएको बताए ।

शर्माका अनुसार हरियो तरकारीमा विषादीको मात्रा ३५ प्रतिशत हुँदा खान मिल्ने, ३५ देखि ४५ प्रतिशत हुँदा केही दिन पर्खनु पर्ने र ४५ प्रतिशतभन्दा बढी हुँदा खान मिल्दैन । प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्रका निमित्त प्रमुख सहदेव प्रसाद हुमागाईंले पछिल्लो समय जलवायु परिर्वतनका कारण विभिन्न कीरा भित्रिएकाले व्यवसायीले कडा विषादी प्रयोग गर्न थालेको बताए । निमित्त प्रमुख हुमागाईंका अनुसार ‘बजारमा आउने तरकारी विषादीका मात्र बढ्नुको मुख्य करण किसानमा जनचेतनाको कमी हो ।’

बाली संरक्षण तथा वितरण केन्द्रका अनुसार नेपालमा पञ्जीकृत भएका १ सय १६ वटा विषादी छन्, जसमा ५२ किसिमका सामान्य कीटनाशक, ४० किसिमका भुसुनानाशक, दुई किसिमका मुसानाशक र २२ किसिमका झारपातनाशक छन् ।

परीक्षण केन्द्र स्थापनापछि कालीमाटीमा ५ असार २०७१ देखि तरकारीको नमुना परीक्षण थालिएको थियो । १ सय १५ वटा तरकारी तथा फलफूलको नमूना परीक्षण गरी २६ वटा खान नमिल्ने र ६ वटा केही दिन पर्खेर खान मिल्ने अवशेष पाइएको थियो । शर्माले निरन्तर विषादी परीक्षण गर्न थालेसँगै विषादी प्रयोग घट्दै गएको बताए ।

यसैगरी, आव २०७१/०७२ मा १५ सय ७० वटा नमूनामा चारवटा खाना नमिल्ने पाएको थियो, जसमा ०.२५ प्रतिशत विषादी पाइएको थियो । यस्तै, केही दिन राखेर खान मिल्ने तरकारीमा १५ वटा थिए ।यस्तै, आव २०७२/७३ मा केन्द्रले १९ सय ३६ नमुना परीक्षण गरेकामा १० वटामा खान नमिल्नेमा ०.५२ प्रतिशत विषादी पाइएको थियो । यस्तै, २०७३/७४ मा केन्द्रले १९ सय ३० वटा नमुना परीक्षण गरेकामा २२ वटा खान मिल्नेमा १.१४ प्रतिशत विषादी पाइएको थियो ।

यसैगरी, आव २०७४/७५ मा १८ सय ५० तरकारी तथा फलफूलको नमुना परीक्षण गरिएकामा तीन नमुनामा मात्र खान नमिल्ने विषादी पाइएको थियो । यस्तै, आव २०७५/७६ मा २९ वटा नमुनामध्ये दुईटामा मात्रै खान नमिल्ने विषादी पाइएको केन्द्रको तथ्यांकले देखाएको छ ।राजधानी दैनिकबाट