२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित मोडल ढकालको ‘माछी खोलिमा’



अ+ अ-

काठमाण्डौ । पछील्लो समयमा चर्चा बटुल्न सफल मोडल शिव खड्का र करिष्मा ढकाल अभिनित ‘माछी खोलिमा’ बोलको म्युजिक भिडियो बजारमा आएको छ ।

“यो भन्दा अगाडि गरेको म्युजिक भिडियोमा पनि सबै जनाले राम्रो प्रतिकृया दिनु भयो । मलाई लाग्छ, यो भिडियोलाई हेरेर राम्रो प्रतिकृया दिनुहुनेछ ।” मोडल खड्काले भने ।

मोडल शिव खड्काले ‘घर बार भाछैन’ म्यूजिक भिडियोमार्फत आफ्नो रंगमञ्चको यात्रा प्रारम्भ गरेका थिए भने उनले अभिनय गरेका दोस्रो म्युजिक भिडियो ‘तिमी भन्छौ’ र ‘माछी खोलिमा’ गरी तीन वटा म्युजीक भिडियोमा अभिनय गरिसकेका छन । अब कलाकारीता यात्रालाई निरन्तरता दिने र नयाँ भिडियोहरुको काम पनि गर्दै अघी बढ्ने मोडल खडकाको भनाइ छ । मोडल खड्का युवा ब्यवसायी समेत हुन । उनी दिर्घायु लजिस्टिक प्राली र नमोबुद्ध लजिस्टिक प्रालीको सञ्चालकको रुपमा कार्यरत छन ।

समिर आचार्य र प्रकाश अकेलाको प्रस्तुती रहेको उक्त गीतमा समिर आचार्य र सुनिता गिरिको आवाज रहेको छ् । कृष्ण बस्यालको शब्द रचना,अर्जुन सापकोटाको लय रहेको गीतमा बेद आचार्य र सपना कुँवरको कोरस रहेको छ ।

भिडियोलाई कोरियोग्राफि र निर्देशन ट्यालेन्टेड निर्देशक एंव कोरियोग्राफर प्रतिक ङेसुरले भिडियोमा नयाँ प्रयोग गरेका छन भने छायांकन,सम्पादन,कलर र ड्रोन सुर्य लामाले गरेका छन । भिडियोमा मोडल शिव खड्का र करिष्मा ढकालको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।