१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

आँबुखैरेनीमा हल गोरु पालनपोषण प्रोत्साहन कार्यक्रम

आँबुखैरेनीमा हल गोरु पालनपोषण प्रोत्साहन कार्यक्रम
फाईल फोटो
अ अ+ अ-

तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि हलगोरु पालनपोषण कार्यक्रम सञ्चालन गरेको छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पालनपोषण प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

इच्छुक पशुपालक कृषकबाट प्रस्ताव आह्वानका लागि सूचना प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारीले बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । यस कार्यक्रमबाट गोरु पाल्ने कृषक लाभान्वित हुने उहाँको भनाइ छ ।

हलगोरु पालनपोषण प्रोत्साहन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ अनुसार सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो । पालिकाले निवेदन, हलगोरुको ट्याग नम्बरसहितको विवरण, नेपाली नागरिकता तथा जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, बैंक खाता नम्बर, कम्तीमा दुई वर्षदेखि हल गोरु पालन तथा आफ्नै खेत जोत्ने कार्यमा संलग्न रहेको प्रतिबद्धता पत्र, निवेदक र हल गोरु संयुक्त रूपमा देखिने फोटो तथा सम्बन्धित वडा कार्यालयको सिफारिस आह्वान गरिएको छ ।

अधिकारीका अनुसार पछिल्लो समय आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै जाँदा हलगोरु पालन घट्दो क्रममा रहेकाले परम्परागत कृषि प्रणालीलाई जगेर्ना गर्न यो कार्यक्रम ल्याइएको हो । “हलगोरु केवल खेतीको साधन मात्र नभई ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएको सम्पदा हो”, उहाँले भन्नुभयो, “यस कार्यक्रमले गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्नाका साथै माटोमैत्री र वातावरणमैत्री खेती प्रणालीलाई बल पुग्नेछ ।”

पछिल्ला वर्षहरूमा ट्याक्टर र अन्य कृषि उपकरणको प्रयोग बढे पनि पहाडी भौगोलिक बनावट, साना टुक्रामा विभाजित खेतबारी र वातावरणीय सन्तुलनका दृष्टिले हलगोरु अझै प्रभावकारी माध्यम मानिन्छ । सोही कारण पनि हलगोरु पालनलाई निरुत्साहित हुन नदिन स्थानीय तहले विशेष कार्यक्रम ल्याएको हो । रासस