१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी

रुसको घातक आक्रमण, नयाँ मिसाइलद्वारा पश्चिमलाई चेतावनी
Rescue workers put out a fire at a residential building damaged by a Russian strike in Kyiv, Ukraine, Friday, Jan. 9, 2026. (AP Photo/Efrem Lukatsky)
अ अ+ अ-

किएभ। रुसले युक्रेनमाथि सयौँ ड्रोन र दर्जनौँ क्षेप्यास्त्र प्रहार गर्दै रातभर व्यापक आक्रमण गरेको छ । यस आक्रमणमा राजधानी किएभमा कम्तीमा चार जनाको ज्यान गएको र २५ भन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन् ।

करिब चार वर्षदेखि जारी युद्धमा दोस्रो पटक मात्र रुसले शक्तिशाली नयाँ हाइपरसोनिक ब्यालेस्टिक मिसाइल ‘ओरेसनिक’ प्रयोग गरेको हो, जसलाई पश्चिमी युक्रेन हुँदै किएभका नाटो सहयोगीहरूतर्फ स्पष्ट चेतावनीका रूपमा हेरिएको छ ।

यो आक्रमण युक्रेन र उसका सहयोगीहरूले अमेरिकी नेतृत्वमा सम्भावित शान्ति सम्झौतापछि देशको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल गरिरहेका बेला भएको हो । युरोपेली नेताहरूले यसलाई ‘बढ्दो र अस्वीकार्य’ भन्दै कडा निन्दा गरेका छन् । युरोपेली सङ्घ (इयु) का शीर्ष विदेश नीति प्रतिनिधि काजा कल्लासले कूटनीतिमा रुसको जवाफ ‘थप मिसाइल र विनाश’ भएको टिप्पणी गर्नुभएको छ ।

किएभमा भएको आक्रमणका कारण हिउँ परेको चिसो मौसममा करिब छ हजार अपार्टमेन्ट भवनहरू तापविहीन बनेका छन् । तापक्रम माइनस आठ डिग्री सेल्सियससम्म झरेको बेला पानी आपूर्ति समेत अवरुद्ध भएको छ ।

किएभ सहर सैन्य प्रशासन प्रमुख तिमुर टाकाचेन्कोका अनुसार आपतकालीन सेवामा संलग्न एक स्वास्थ्यकर्मीको ज्यान गएको छ भने चार स्वास्थ्यकर्मी र एक प्रहरी अधिकारी घाइते भएका छन् । नगरपालिकाले पोर्टेबल बायलर प्रयोग गरी अस्पताल, प्रसूति वार्ड लगायत अत्यावश्यक सेवामा ताप र बिजुली पुनःस्थापना गरेको जनाएको छ ।

आक्रमणका क्रममा किएभस्थित कतारी दूतावासमा पनि क्षति पुगेको राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जानकारी दिनुभएको छ । कतारले युद्धबन्दी आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै उहाँले विशेषगरी अमेरिकाबाट ‘स्पष्ट र कडा प्रतिक्रिया’ आवश्यक रहेको बताउनुभएको छ ।

युक्रेनको सुरक्षा सेवाले पश्चिमी सहर लिभिभ क्षेत्रमा ओरेसनिक मिसाइलका भग्नावशेष फेला पारेको जनाएको छ । यो मिसाइल रुसको कपुस्टिन यार परीक्षण केन्द्रबाट प्रक्षेपण गरिएको र नागरिक पूर्वाधार लक्षित भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । स्थानीय बासिन्दाहरूले ठूलो विस्फोट सुनेको तर लामो समयदेखि युद्धको अवस्थासँग अभ्यस्त भइसकेकाले मनोबल नटुटेको प्रतिक्रिया दिएका छन् ।

रुसको रक्षा मन्त्रालयले भने यो आक्रमण गत महिना राष्ट्रपति भ्लादिमिर पुटिनको एक निवासमाथि युक्रेनी ड्रोन आक्रमण भएको दाबीको प्रतिशोध भएको जनाएको छ । युक्रेन र अमेरिकाले भने सो दाबी अस्वीकार गरेका छन् । रुसी सञ्चारमाध्यमका अनुसार लिभिभ क्षेत्रमा रहेको भूमिगत ग्यास भण्डारण केन्द्र लक्ष्य हुनसक्ने बताइएको छ, जहाँबाट पोल्यान्ड हुँदै पश्चिमी सैन्य सहायता युक्रेन प्रवेश गर्ने गर्छ ।

यसअघि पुटिनले ओरेसनिक मिसाइल माक १० गतिमा ‘उल्कापिण्डजस्तै’ लक्ष्यमा पुग्ने र कुनै पनि क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट रोक्न नसकिने दाबी गर्नुभएको थियो । युक्रेनी गुप्तचरका अनुसार उक्त मिसाइलमा बहुविध वारहेड जडान गरिएको छ ।

रुसले पहिलो पटक सन् २०२४ नोभेम्बरमा डिनिप्रो सहरमा यो मिसाइल प्रयोग गरेको थियो । विश्लेषकहरूका अनुसार यसले मनोवैज्ञानिक युद्धको नयाँ आयाम थपेको छ ।

यस घटनापछि युक्रेनी विदेशमन्त्री आन्द्रिइ सिबिहाले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् र युक्रेन–नाटो परिषद्को आपतकालीन बैठक आह्वान गरिने जानकारी दिनुभएको छ । उहाँले इयु र नाटो सीमासँग नजिकै भएको यस्तो आक्रमणले सम्पूर्ण युरोपको सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरेको बताउनुभएको छ ।

भ्याटिकनबाट पोप लियो चौधौँले अन्तर्राष्ट्रिय समुदायलाई तत्काल युद्धविराम र संवादमार्फत शान्तिको बाटो खोज्न आग्रह गर्नुभएको छ । बेलायत, फ्रान्स र जर्मनीका नेताहरूले पनि आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई अस्वीकार्य बताएका छन् । (रासस/एपी)