२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाम आयल भारत निकासी खुला, भारतले हटायाे प्रतिबन्ध



अ+ अ-

काठमाडौं : भारत सरकारले केहीअघि नेपालबाट पाम तेल भारत आयात गर्न लगाएको प्रतिवन्ध फुकुवा गरेको छ । नेपालबाट मात्रै प्रशोधन गरी तेल आयात गर्न एक भारतीय आयातकर्ताले अनुमति पाएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले बताएका छन् ।

‘बिहीबार भारतीय एक आयातकर्ताले लाईसेन्स पाएका छन्, अब अरुले पनि पाउने छन्, नेपालबाट निर्यात खुल्ला भयो,’ राज्यमन्त्री दुगडले भने । माघ दोस्रो हप्ता पाम तेलमाथिको प्रतिबन्ध हटाइदिन नेपालले भारतलाई औपचारिक आग्रह गरेको थियो । प्रतिवन्ध हटेसँगै नेपालले निर्यात प्रवर्द्धनका पक्ष्मा राहत पाएको छ । हाल नेपालको निर्यातमा ‘ट्रान्जिट वस्तु’कै रुपमा भएपनि पामको हिस्सा ठूलो छ ।

पुस २३ गते भारत सरकारले प्रशोधित पाम तेल र पामोलिन तेल आयातमा अनिश्चितकालीन प्रतिबन्ध लगाएको थियो । कास्मिर मुद्दामा मलेसियाका प्रधानमन्त्रीले भारतविरोधी अभिव्यक्ति दिएको भन्दै भारतको आपूर्ति मन्त्रालयले पाम तेलको आयात रोक्ने निर्णय गरेको खबर सार्वजनिक भएको थियो । भारत सरकारको वैदेशिक व्यापार विभागद्वारा जारी परिपत्रमा हार्मोनी कोड १५११९०१० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पाम तेल, १५११९०२० को रिफाइन्ड ब्लिच्ड डेडोराइज्ड पामोलिन र १५११९०९० को अन्य तेलको पैठारी रोक्ने उल्लेख थियो ।

भारतको उक्त निर्णयले तेस्रो मुलुकबाट कच्चा पाम तेल ल्याई प्रशोधन गरेर भारत निर्यात गर्दै आएका नेपाली व्यापारी मर्कामा परेका छन् । मोरङ उद्योग वाणिज्य संघका अनुसार नेपालमा विराटनगर र वीरगन्जमा एक दर्जनभन्दा बढी पाम तेल प्रशोधन गर्ने उद्योग सञ्चालन छन् ।

यकीन तथ्यांक र लगानी नभए पनि उद्योगीहरूको प्रारम्भिक अनुमानअनुसार नेपाली उद्योगमा २५ अर्ब रुपैयाँभन्दा बढी रकम पाम तेल प्रशोधन उद्योगमा लगानी गरेका छन् । यसमा ११ हजार जनाले रोजगारी प्राप्त गरेको अनुमान गरिएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालले ९ अर्ब ९४ करोड रुपैयाँको कच्चा पाम तेल आयात गरेको छ भने भारततर्फ ११ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ ।

भारतमा भन्दा नेपालमा पाम तेल सस्तो पाउने भएपछि भारतीय व्यवसायीले नेपाली बजारबाट तेल किन्न थालेका थिए । अर्कोतर्फ इण्डोनेसिया र मलेसियाबाट प्रशोधित पाम तेल आयात गर्दा भारतीय लगानीकर्तालाई ४० प्रतिशत भन्सार शुल्क लाग्छ । तर नेपाली आयातकर्ताले १० प्रतिशत भन्सार तिरेर ती मुलुकबाट तेल आयात गर्न सक्छन् ।

सिधै इन्डोनेसिया र मलेसियाभन्दा नेपालबाट लिंदा सस्तोमा तेल पाइने भएपछि नेपालको बाटो हुँदै पाम तेल भारतीय बजारमा जाने क्रम बढेको थियो । कुनै पनि पकाएको वस्तुलाई अलि लामो आयु दिन तथा झुरुम्म बनाउनका लागि पाम तेल उपयोगी हुने बताइन्छ । पाम तेल पिज्जा, दुनट, चकलेटदेखि डोरनेट, स्याम्पु, टुथपेस्ट, लिपिस्टिकलगायतका सामाग्री बनाउन यसको प्रयोग हुन्छ ।

इन्डोनेसिया र मलेसियामा धेरै मात्रामा उत्पादन हुने एक प्रकारको वनस्पतिजन्य तेल नै पाम हो । एउटै वनस्पतिबाट कच्चा पाम तेल र पाम केर्नल दुई प्रकारको तेल उत्पादन गरिन्छ । पाम तेलको कुल उत्पादनको ८५ प्रतिशत हिस्सा इन्डोनेसिया र मलेसियाले ओगट्छ ।