१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै



फाइल फोटो
अ+ अ-

कञ्चनपुर। कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै गएको छ । कम लागतमा राम्रो उत्पादन हुने र बजारमा सहज बिक्री हुने भएकाले यहाँका किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् ।

जिल्लामा करिब ३०० हेक्टरमा तोरीखेती विस्तार भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी धर्म साउदले तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई ५० प्रतिशत अनुदान र प्राविधिक सहयोग गरिरहेकाले पनि खेती विस्तारमा टेवा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस वर्ष मात्रै १९३ हेक्टरमा तोरीखेती विस्तार भएको छ । ज्ञान केन्द्रबाट यो खेती गर्ने किसानलाई बीउ, सिँचाइ सुविधा र प्राविधिक सहयोग भइरहेको छ ।”

ज्ञान केन्द्रले बेलौरी नगरपालिकामा तोरी पकेट क्षेत्र निर्धारण गरेर किसानलाई अनुदानका लागि रु ४० लाख बजेट विनियोजन गरिएको छ । अनुदान कार्यक्रमले मात्रै १५० हेक्टर क्षेत्रमा खेती विस्तार भएको जनाइएको छ । सूचना अधिकारी साउदले ज्ञान केन्द्रबाट किसान, समूह र सहकारीलाई ५० प्रतिशत अनुदान र प्राविधिक सहयोग हुँदै आएको बताउनुभयो ।

यहाँ मोरङ, प्रिति, उन्नतिर विकास जातको तोरीखेती हुने गरेको छ । जिल्लामा छ हजार २५० हेक्टर क्षेत्रफलमा तोरीखेती हुने गरेको र उत्पादकत्व एक मेट्रिक टन प्रतिहेक्टर रहेको ज्ञान केन्द्रले जनाएको छ । रासस