४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

एमालेको दाबीः आफ्नै खुट्टामा उभिएर पनि देशको पहिलो र सशक्त पार्टी बन्छौँ

एमालेको दाबीः आफ्नै खुट्टामा उभिएर पनि देशको पहिलो र सशक्त पार्टी बन्छौँ
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रिय सदस्यहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टी पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

उनीहरूले १६५ वटै प्रत्यक्ष निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिसको प्रक्रिया धमाधम अघि बढाएको र छिट्टै केन्द्रिय स्तरमा अन्तिम टुंगो लगाइने जनाएका छन् । नेताहरूले निर्वाचन वातावरण भयरहित र निष्पक्ष नभएको तथा सरकारले पर्याप्त तयारी नगरेको आरोप लगाएका छन् । यद्यपि लोकतान्त्रिक पार्टीका रूपमा निर्वाचनमा सहभागी हुने र राष्ट्रिय सभा बाहेक अन्यमा गठबन्धन गर्ने निचोडमा नपुगेको उनीहरूको भनाइ छ । प्रमुख दलहरूबीचको आन्तरिक विवादले निर्वाचन प्रक्रियामा असर परेको भन्दै नेपाली काँग्रेसलाई सहमतिमा आउन आग्रह गर्दै एमालेले आफूलाई राष्ट्रिय राजनीतिको सबैभन्दा लोकप्रिय शक्ति दाबी गरेको छ ।

साथै, मुलुकमा वाह्य हस्तक्षेप भइरहेको भन्दै नेपाली जनताले आफ्नै सामथ्र्यमा निर्णय गर्नसक्ने जागरण आवश्यक रहेको जोड दिएका छन् । उपमहासचिव योगेश भट्टराईले पार्टी आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पूर्ण रूपमा तयार रहेको बताउनु भयो । उहाँले निर्वाचनका प्रारम्भिक सबै काम सम्पन्न भइसकेको र १६५ वटै प्रत्यक्ष निर्वाचन क्षेत्रबाट उम्मेदवारको सिफारिस प्रायः प्राप्त भइसकेको जानकारी दिनुभयो । भट्टराईले छिट्टै केन्द्रिय सचिवालय बैठक बसेर उम्मेदवारको अन्तिम टुंगो लगाइने बताउँदै वर्तमान सरकार संवैधानिक व्यवस्थाअनुसार गठन नभएको आरोप लगाउनु भयो । उहाँले एमाले आफ्नै खुट्टामा उभिएर पनि देशको पहिलो र सशक्त पार्टी बन्नसक्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेकपा एमाले निर्वाचनमा गइसक्यो । पहिलादेखि नै हामी तयारीमा छौँ । निर्वाचनका प्रारम्भिक सबै काम सम्पन्न गरेर आएको हो । महाधिवेशनअघि पनि देशव्यापी जनपरिचालनको काम गरेका थियौँ । त्यो पनि निर्वाचनको माहोल बनाउने काम थियो । महाधिवेशनपछि पनि हामी निर्वाचनका औपचारिक कामहरुमा प्रवेश गरिसकेका छौँ । अहिले हामी प्रत्यक्ष निर्वाचनमा १६५ वटा निर्वाचन क्षेत्रबाट नै उम्मेदवारको सिफारिस मागिसकेका छौँ । प्रायः सबै ठाउँबाट आइसकेको छ । अब छिटै केन्द्रिय सचिवालय बैठक बसेर उम्मेदवारको टुंगो लगाउने काम गर्नेछौँ । यो सरकारको गठन संवैधानिक व्यवस्थाअनुसार भएको होइन । हामी आफ्नो खुट्टामा उभिएर पनि पहिलो र सशक्त पार्टी बन्नसक्छौँ ।’

नेकपा (एमाले) का सचिव महेश बस्नेतले निर्वाचनको वातावरण भयरहित, स्वतन्त्र र स्वच्छ नरहेको बताउनु भयो । उहाँले यस्तो अवस्थामा पनि लोकतान्त्रिक पद्धति आत्मसात गरेको पार्टीका रूपमा एमाले निर्वाचनमा सहभागी हुने स्पष्ट पार्नुभयो । बस्नेतले राष्ट्रिय सभा बाहेक अन्य निर्वाचनमा मोर्चाबन्दी वा गठबन्धन गर्ने निचोडमा पार्टी नपुगेको बताउँदै एमालेको विरुद्ध पपुलिजममा रमाउने तत्वहरू एकठाउँ उभिएको आरोप लगाउनु भयो । साथै वर्तमान प्रतिगमन आफूहरूले सोचे भन्दा चाँडै सकिने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘भयरहित, स्वतन्त्र र स्वच्छ निर्वाचन हुन्छ भन्ने परिस्थिति छैन । तर निर्वाचन जहिले हुन्छ, लोकतान्त्रिक पद्धति आत्मसात गरेको पार्टी निर्वाचनबाट भाग लिन्छ । राष्ट्रिय सभा बाहेक अरु चुनावमा मोर्चाबन्दी गर्ने, गठबन्धन गर्ने निचोडमा हामी पुगिसकेका छैनौँ । बरु हाम्रा दलका विरुद्ध पपुलिजममा रमाएका तत्वहरु एक ठाउँमा उभिएका छन् । यो प्रतिगमन हामीले सोचे भन्दा चाँडै सकिने अवस्थामा छ ।’

नेकपा (एमाले) का नेता महेश बर्तौलाले निर्वाचन आयोगको तालिकाअनुसार पार्टीले आफ्नो सबै काम पूरा गरिसकेको बताउनु भयो । उहाँले फागुन २१ गते निर्वाचन सम्पन्न गराउने सामथ्र्य सरकारसँग नरहेको र देश निर्वाचनमय हुनुपर्नेमा त्यस्तो वातावरण नबनेको बताउनु भयो । बर्तौलाले केही शक्तिहरूले निर्वाचनको माध्यमबाट विध्वंश र अराजकतालाई वैधानिकता दिन खोजेको तथा विभिन्न षड्यन्त्र भइरहेको दाबी गर्नुभयो । उहाँले सरकारले निर्वाचन गराउने हो भने निर्भयता र निष्पक्षताको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘फागुन २१ गते निर्वाचनको कुरा गर्दैगर्दा निर्वाचन आयोगले तयार गरेको तालिका बमोजिम नेकपा एमालेले आफूले गर्नुपर्ने काम पूरा गरिसकेको छ । आजको दिनमा पनि फागुन २१ गते निर्वाचन सम्पन्न गराउने सामाथ्र्यका साथ यो सरकारले काम गरिरहेको छैन । अहिले त सिंगो देश निर्वाचनमय भइसक्नुपर्ने हो । तर त्यस्तो देखिएको छैन । केही शक्तिहरुले अहिले पनि निर्वाचनको माध्यमबाट विध्वंश र अराजकतालाई वैधानिकता दिन खोजिरहेका छन् । कयौँ षड्यन्त्र भइरहेका छन् । सरकारले निर्वाचन गराउने हो भने निर्भयता र निष्पक्षताको सुनिश्चितता गराउनुपर्छ ।’

नेकपा (एमाले) का नेता दामोदर भण्डारीले प्रमुख राजनीतिक दलहरू निर्वाचन अभियानमा केन्द्रित हुनुपर्ने बेलामा ठूलो पार्टीभित्रको किचलो स्वीकार्य नभएको बताउनु भयो । उहाँले यस्तो विवाद पहिल्यै मिलाउनुपर्नेमा जोड दिँदै नेपाली काँग्रेसलाई सहमतिबाट समस्या समाधान गर्न आग्रह गर्नुभयो ।
भण्डारीले दलहरूबीचको विभाजनको दिशातर्फको यात्राले देशलाई नै क्षति पुग्ने चेतावनी दिनुभयो । उहाँले एमाले राष्ट्रिय राजनीतिको सबैभन्दा लोकप्रिय पार्टी रहेको दाबी गर्दै उम्मेदवारहरूको नाम सिफारिस भइसकेको जानकारी दिनुभयो । साथै, मुलुकको राजनीतिमा बाह्य हस्तक्षेप भइरहेको भन्दै नेपाली जनताले आफ्नै सामथ्र्यमा निर्णय गर्नसक्ने क्षमता भएकोमा जागरुक हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रमुख पार्टी चुनावी मुभमेण्टमा सामेल हुनुपर्ने हो । चुनावको वातावरण नबनिरहेको बेलामा ठूलो पार्टीको किचलो स्वीकार्य छैन । त्यो पहिला नै मिलाउनुपर्ने हो । निर्वाचनको वातावरण अझ अघि बढ्थ्यो । यसले अझै प्रमुख पार्टीहरु विभाजनको दिशातर्फ उन्मुख हुँदा देशलाई नै नोक्शान पुग्ने हो । यो विषयलाई नेपाली काँग्रेसले सहमतिबाट टुंग्याउनुपर्छ । एमाले राष्ट्रिय राजनीतिको सबैभन्दा लोकप्रिय पार्टी हो । उम्मेदवारका नामहरु सिफारिस भएका छन् । मुलुकको राजनीतिमा वाह्य हस्तक्षेप भइरहेको छ, हाम्रो सामथ्र्यमा आफ्नो फैसला नेपाली जनताले आफैँले गर्नसक्छन् भन्नेमा जागरुक गर्नुपर्छ ।’

नेकपा एमालेले फागुन २१ को निर्वाचनमा एक्लै लडेर पनि देशको पहिलो शक्ति बन्ने दाबी गरेको छ ।