१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानले दिनदिनै माग फेर्न थालेपछि आ–आफ्नो बाटो लागौँ भनेँ–रवि लामिछाने



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उज्यालो नेपालसँग भएको सहमति भंग हुनुको कारणबारे पार्टी सचिवालय बैठकमा ब्रिफिङ गरेका छन्।

लामिछानेका अनुसार उज्यालो नेपालका संरक्षक कुलमान घिसिङले पुस १४ मा सहमति भएपछि पनि दिनदिनै नयाँ–नयाँ माग अघि सार्दै गएपछि एकताबद्ध भएर अघि बढ्न नसक्ने अवस्था आएको हो।

सचिवालयको भर्चुअल बैठकमा उनले घिसिङबाट पद, भागबण्डा, समानुपातिक तथा प्रत्यक्ष सांसद संख्या, पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको संख्यालगायत मागहरू निरन्तर आएको बताए।

रवि लामिछानेले पार्टी, बालेन्द्र शाहले सरकार र घिसिङले आफ्नो विज्ञताअनुसार भौतिक पूर्वाधारको जिम्मेवारी सम्हाल्ने प्रस्ताव गर्दा पनि सहमति नजुटेको ब्रिफिङमा उल्लेख गरिएको छ।

यस ब्रिफिङपछि रास्वपाले उज्यालो नेपालसँग पुस १४ मा भएको सहमति अनुमोदन नगर्ने निर्णय गरेको छ। सचिवालय सदस्य शिशिर खनालले सहमति औपचारिक रूपमा खारेज गर्ने निर्णय भएको जानकारी दिएका छन्।