१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपासँग एकता तोडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान



अ+ अ-

काठमाडौं । उज्यालो नेपाल पार्टी (उनेपा)ले अध्यक्षमा कुलमान घिसिङलाई नियुक्त गरेको छ। पार्टी प्रवक्ता डा. राजु थापाले घिसिङलाई अध्यक्ष नियुक्त गरिएको औपचारिक घोषणा गरिने जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भाँडिएपछि उनेपाले नयाँ नेतृत्व चयन गर्दै घिसिङलाई अध्यक्षको जिम्मेवारी सुम्पिएको हो। यसअघि निर्वाचन आयोगमा पार्टी दर्ता गर्दा अध्यक्षका रूपमा अनुप उपाध्यायलाई उल्लेख गरिएको थियो।

पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै छ। बैठकमा हालको राजनीतिक परिस्थितिबारे छलफल गर्नुका साथै अध्यक्ष नियुक्तिसम्बन्धी निर्णय अनुमोदन गर्ने तयारी रहेको बताइएको छ।

नव नियुक्त अध्यक्ष कुलमान घिसिङले आजै पत्रकार सम्मेलन गरी आफ्नो धारणा र आगामी कार्यदिशाबारे जानकारी गराउने कार्यक्रम तय भएको छ।