४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट

विध्वंश र पपुलिजम अग्रगामी विकल्प होइनः अध्यक्ष ओली

विध्वंश र पपुलिजम अग्रगामी विकल्प होइनः अध्यक्ष ओली
फाइल फोटो
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक शक्तिहरुको पुनरागमन हुने देखिएपछि विध्वंशका पक्षधरहरु एकजुट भएको बताउनुभएको छ ।

एमालेको शनिवार बसेको केन्द्रिय कमिटिको बैठकमा उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौं महानगरका मेयर बालेन्द्र साह र कुलमान घिसिङको उज्यालो नेपाल पार्टीको एकताप्रति लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो । धम्की, घृणा, निषेध र हिंसाका माध्यमबाट लोकतान्त्रिक शक्तिहरुलाई किनारा लगाउन नसकेपछि भदौ २४ को विध्वंशलाई वैधता दिने शक्तिहरु एकजुट भएको उहाँको आरोप छ । उहाँले ‘पुराना दल’ र ‘नयाँ दल’ बीचको ध्रुविकरणको रुपमा बहस गरिएपनि वास्तविक ध्रुविकरण कुनै राजनीतिक विचारधारा वा दर्शनमा नभई भदौ २४ को विध्वंशलाई वैधता दिने कि नदिने भन्नेहरुको बीचमा भएको दाबी गर्नुभयो । लोकतन्त्र राजनीतिक दलहरुको भूमिकाबाट मात्रै बलियो हुने बताउनुभयो । उहाँले हाल विचारविहीन, सार्वजनिक जवाफदेहिताविहीन र सामाजिक नैतिकताका दृष्टिले विवादास्पद व्यक्तिहरु संगठित भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थामाथि चुनौती दिइरहेको आरोप लगाउनुभयो । उहाँले ‘अवतारी नायक’ जन्मिएर सबै समस्या तुरुन्त समाधान हुन्छ भन्ने भ्रम फैलाइँदै गएकोप्रति सचेत रहन पनि आग्रह गर्नुभयो । विध्वंश र पपुलिज्म कुनै पनि हालतमा अग्रगामी विकल्प हुन नसक्ने उहाँको दाबी छ । उहाँले पपुलिज्मले मुलुकको स्थायित्व र लोकतान्त्रिक प्रणाली कमजोर बनाउने बताउनुभयो । पपुलिजमले सत्तामा पुग्न जस्तोसुकै भावना बेच्ने हुँदा नेपालमा गम्भीर भूराजनीतिक जोखिम समेत निम्त्याउन सक्ने उहाँले चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राजनीतिक धु्रवीकरण पनि तिब्र भएको छ । एकातिर  ‘पुराना दल’ र अर्कातिर ‘नयाँ दल’  बिचको धु्रवीकरण भनेर चर्चा गरिए पनि यतिबेला मुलुकको राजनीति कुनै राजनीतिक दर्शन, विचारधारा या मुद्दामा होइन, भदौ २४ को विध्वंशलाई वैधता दिने कि त्यसलाई अस्वीकार गर्दै लोकतन्त्रलाई पुनस्र्थापित गर्ने भन्ने विषयमा राजनीति धु्रवीकृत हुन थालेको छ । धम्की, घृणा, निषेध र हिंसाको बलमा लोकतान्त्रिक शक्तिहरुलाई किनारा लगाउन संभव नभएपछि र आफूहरुले गराएकै निर्वाचनका माध्यमबाट पनि लोकतान्त्रिक शक्तिहरुले पुनरागमन गर्ने देखेपछि विध्वंशका पक्षधरहरु एक ठाउँमा उभिन खोजिरहेको अवस्था छ । राजनीतिक पार्टीहरुकै भुमिकाको बलमा लोकतन्त्र बलियो हुन्छ । तर यतिबेला विचारविहीन, कुनै सार्वजनिक जवाफदेहिता नभएका र सामाजिक नैतिकताका दृष्टिले विवादस्पद व्यक्तिहरु एक ठाउँमा जम्मा भएर लोकतान्त्रिक प्रणाली, विचार र संस्थाहरुलाई चुनौती दिइरहेको अवस्था छ । कुनै दिन कुनै ‘अवतारी’ नायकको जन्म हुन्छ र तिनीहरुले हेर्दा हेर्दै समस्याहरुको जादुमयी समाधान गरिदिन्छन् भन्ने भ्रम तुवाँलो फैलाइँदैछ । तर न त विध्वंश आन्दोलन हो, न ‘पपुलिज्म‘ नै अग्रगामी विकल्प । ‘पपुलिज्म‘ ले मुलुकको स्थायित्व, लोकतान्त्रिक प्रणाली र जनताको भावनामा खेलबाड गर्दै कमजोर बनाउँछ, समाजमा सामूहिक निराशा सिर्जना गर्छ र  पपुलिज्म, सामाजिक असन्तुष्टि, अराजकता र त्यसपछि विध्वंश र यही हो सिलसिला ! थप समस्या जन्माउँदै जान्छ । सत्तामा जान जस्तोसुकै भावना पनि बेच्ने र जस्तो सुकै सम्झौता गर्ने पपुलिष्ट पात्रहरुले  हाम्रो जस्तो देशमा भयावह भूराजनीतिक जोखिम पनि निम्त्याउन सक्छन् । त्यसैले यतिबेला भदौ २४ को विध्वंशको जगमा खडा भएको, लोकतन्त्र र संविधानलाई कमजोर गर्न उद्दत् र विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट र पथभ्रष्ट तत्वहरुबाट जनतालाई भ्रममुक्त गर्नैपर्छ ।’ 

उहाँले विभिन्न सपना बेच्दै एकत्रित हुन खोजिरहेका पपुलिष्ट तत्वहरुबाट जनतालाई भ्रममुक्त गर्नुपर्नेमा जोड दिनुभयो ।