१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

फिलिपिन्समा फोहोर फाल्ने स्थान भासिँदा दुईको मृत्यु, दर्जनौँ बेपत्ता

फिलिपिन्समा फोहोर फाल्ने स्थान भासिँदा दुईको मृत्यु, दर्जनौँ बेपत्ता
अ अ+ अ-

फिलिपिन्स। उद्धारकर्मीहरूले शुक्रबार मध्य फिलिपिन्सको फोहोर फाल्ने स्थल (ल्यान्डफिल) भासिँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अन्य दर्जनौँ व्यक्ति भग्नावशेषमा पुरिएका छन् ।

बिहीबार सेबु शहरको एक निजी रूपमा सञ्चालित ‘बिनालिव ल्यान्डफिल’ मा फोहोरको ठूलो थुप्रो भासिँदा करिब ५० जना सफाई कर्मचारीहरू पुरिएका थिए।

“घटनास्थलमा अझै पनि मानिसहरू जीवित रहेका सङ्केतहरू भेटिएका छन्,” सेबुका मेयर नेस्टर आर्किभलले शुक्रबार सञ्चारकर्मीलाई सूचना दिन गर्रिको संक्षिप्त भेटमा भन्नुभयो, “पहिले नै घटनास्थलमा सयौँ उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूको खोजी गरिरहेका छन् भने उद्धारका लागि थप ५०० जनशक्ति परिचालित गरिएको छ।

उहाँले आइतबारसम्म वेपत्ताहको खोजी र उद्धार प्रयासलाई जारी राखिने बताउनुभयो । घटनास्थलमा ‘कम्प्याक्टर’ सञ्चालन गर्ने रिता कोगेले आफू बसेको भवन भत्किनुभन्दा केही क्षण अघि पानी पिउन बाहिर निस्केकोले आफु बच्न सफल भएको तर धेरै मानिस त्यसमा फसेको बताउनुभयो ।

४९ वर्षीय कोगेले भन्नुभयो, “म पानी खान बाहिर गएको थिए । एक्कासी ठूलो दुर्घटनाको आवाज सुनियो । मैले हेलिकप्टर दुर्घटनाग्रस्त भयो भन्ने सोचेको थिएँ तर जब म फर्किएँ, त्यहाँ फोहोर र भवन भत्किरहेको थियो। म सुरक्षित स्थानमा भागेँ ।”

कोगेले भन्नुभयो, “भग्नावशेषबाट ‘सहयोगका लागि बोलाइरहेको’ केही सहकर्मीलाई उद्धार गरी अस्पताल पठाइएको छ।”

“उद्धारकर्ताहरूले कुन उपकरणहरू प्रयोग गर्ने कि नगर्नेमा दोधार थिए किनकि कुनै पनि झिल्कोले ल्यान्डफिलबाट उत्सर्जन हुने मिथेन ग्याँस प्रज्वलित गर्ने खतरा थियो,” आर्किभलले भन्नुभयो ।

एक २५ वर्षीय इन्जिनियरको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या दुई पुगेको नगरप्रमुखले आफ्नो फेसबुक पेजमा जानकारी दिनुभएको छ उहाँले साँझको पोस्टमा दुई जनाको मृत्यु भएको र अन्य ३६ जना अझै हराइरहेका बताउनुभयो ।

फोहोरबाट कम्तीमा १२ जना कर्मचारीलाई जिउँदै निकालिएको छ र अस्पतालमा भर्ना गरिएको छ । सहरका सहायक जनसूचना अधिकारी जेसन मोराटाले फोहोर फाल्ने पहाड अनुमानित चार तला अग्लो रहेको बताउनुभयो ।

प्रहरीले जारी गरेको हवाई तस्बिरमा फोहोरको बोझले थिचिएको कैयौँ संरचनाहरू देखिएको छ । मोराटाले भन्नुभयो, “भवनहरूमा साइट सञ्चालन गर्ने एक निजी फर्मको लागि मानव संसाधन, प्रशासन, मर्मत कर्मचारी रहने कार्यालयहरू राखिएको थियो।”

सन् २००० को जुलाईमा हजारौँ मैला सफा गर्नेहरूको बसोबास रहेको मनिलास्थित छाप्राहरूमा फोहोरको पहिरोले गर्दा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

त्यो त्रासदी फिलिपिन्सको इतिहासमा सबैभन्दा खराब घटना थियो । त्यसपछि फोहोर व्यवस्थापनको राम्रो नियमनको लागि महिनौँपछि कानून पारित भएको थियो। (रासस/एएफपी)