२७ श्रावण २०८३, बुधबार
,
Latest
जनआस्था सम्पादक किशोर श्रेष्ठ पक्राउ एमाले र नेकपाद्वारा लुम्बिनी प्रदेशका मसालसँग सत्ता सहकार्य थुनुवा–कैदीको मानव अधिकार अवस्थाबारे उपसमितिको प्रतिवेदन कार्यान्वयन गरिने कोशी प्रदेश सरकारबाट पाँच मन्त्रीले दिए राजीनामा नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छः अर्थमन्त्री डा वाग्ले शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल शासनसँग प्रश्न गर्ने नागरिकको सामर्थले नै लोकतन्त्रलाई प्राण दिन्छ : राष्ट्रपति पौडेल सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः परराष्ट्रमन्त्री खनाल राष्ट्रिय सतर्कता केन्द्रद्वारा गत आवमा ७२ प्रतिशत उजुरी फर्छ्योट, सेवा सन्तुष्टि मापनका लागि क्युआर कोड… सेती पुल निर्माणले गति लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

विशेष महाधिवेशनमा फरकफरक छ स्थानबाट जुलुस प्रदर्शन हुने



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुुस २७ र २८ गते काठमाडौँमा हुन लागेको विशेष महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ ।

विशेष महाधिवेशन जनपरिचालन एवं जुलुस व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गरी पुस २७ गते भृकुटीमण्डमा हुने महाधिवेशनमा विभिन्न छ स्थानबाट जुलुस प्रदर्शनको तयारी भएको जानकारी दिएको हो ।

समितिका संयोजक एवं पूर्वसांसद जगदीश्वरनरसिंह केसीले विशेष महाधिवेशनको उद्घाटनअघि काठमाडौँका विभिन्न छ फरकफरक स्थानबाट जुलुस प्रदर्शनको तयारी गरिएको जानकारी दिनुभयो । पुस २७ गते आइतबार मध्याह्न १२ः०० बजे भृकुटीमण्डपमा उद्घाटन समारोह सुरु हुनुअघि ती विभिन्न छ स्थानबाट जुलुस प्रदर्शन गरिने उहाँले बताउनुभयो ।

समितिका संयोजक केसीले सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शङ्करदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डप आउने कार्यक्रम रहेको बताउनुभयो ।  रासस