१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

कञ्चनपुर-कमला चार लेन सडकको तेस्रोपटक म्याद थप

कञ्चनपुर-कमला चार लेन सडकको तेस्रोपटक म्याद थप
फाइल फोटो
अ अ+ अ-

सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला खण्डको चार लेन सडक निर्माण तोकिएको समयमा सम्पन्न हुन नसकेपछि तेस्रोपटक म्याद थप गरिएको छ ।

गत डिसेम्बरसम्म पश्चिमी खण्डअन्तर्गत कुशहाबाट कमलासम्मको ४७ दशमलव ४१ किलोमिटर सडकमा ७१ प्रतिशतमात्रै काम सम्पन्न भएपछि आगामी जुनसम्मका लागि म्याद थपिएको हो ।

कञ्चनपुर-कमला पश्चिम खण्ड आयोजना शाखा मिर्चैयाका सूचना अधिकारी अनुपम साहका अनुसार निर्माण कम्पनीलाई थप छ महिनाको समय दिइएको छ । “औपचारिक पत्र आउन बाँकी छ । अबको छ महिनाभित्र काम सक्नेगरी निर्माण कम्पनीले काम अघि बढाउनेछ”, उहाँले भन्नुभयो ।

यस खण्डमा मिर्चैया र लहानमा निर्माण गरिने ‘ओभरपास’को काम शीतलहरका बाबजुद निरन्तर भइरहेको छ । दुईवटा ‘ओभरपास’ र तीनवटा ‘अन्डरपास’ निर्माण जारी रहेको आयोजना कार्यालयले जनाएको छ ।

यसअघि लहान, गोलबजार, मिर्चैया र बन्दीपुर क्षेत्रमा छ लेन सडक विस्तारका लागि हटाउनुपर्ने तीन सय ४० वटा विद्युत्का खम्बा नहटाउँदा निर्माणमा अवरोध आएको थियो । हाल खम्बा हटाउने काम सम्पन्न भएसँगै निर्माण सहज भएको साहले जानकारी दिनुभयो । “अब कुनै अवरोध नआए आगामी जुनसम्म काम सम्पन्न गर्ने लक्ष्य छ”, उहाँले भन्नुभयो ।

चाइना रेलवे-२ इञ्जिनियरिङ ग्रुपले सन् २०२० जुनमा रु १५ अर्ब ६६ करोडमा ठेक्का पाएको थियो । सम्झौताअनुसार ८५ किलोमिटर सडक चार लेन, पुल, कल्भर्ट र बाइपाससहित २८ अक्टोबर २०२३ मा सम्पन्न गर्नुपर्ने थियो । तर पटकपटक म्याद थपिँदा पनि हालसम्म ३० प्रतिशत काम भने बाँकी छ ।

आयोजनाको पूर्वी खण्ड कञ्चनपुर-कुशहा (३९ दशमलव ४२ किमी) र पश्चिमी कुशहा-कमला (४७ दशमलव ४१ किमी) गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । वर्षौँदेखि निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीले धुलो, धुवाँ र सास्ती खेप्दै आएका छन् । राष्ट्रिय गौरवको आयोजना भए पनि समयमै काम नसकिँदा सर्वसाधारण निराश भएका छन् ।  रासस