१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

श्रममा लगाइएका बालबालिकाको विकल्प खोजेर श्रममुक्त बनाउनुपर्नेमा जोड

श्रममा लगाइएका बालबालिकाको विकल्प खोजेर श्रममुक्त बनाउनुपर्नेमा जोड
अ अ+ अ-

काठमाडौँ। श्रममा लगाइएका बालबालिकाको दीर्घकालीन विकल्प खोजेरमात्र श्रममुक्त बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

नयाँ कोपिला बालगृहले यहाँ आज आयोजना गरेको सामाजिक परीक्षण कार्यक्रमका वक्ताले सरकारले बालबालिका मुक्त सडक अभियान सञ्चालन गरे पनि सडकबाट उठाइएका बालबालिका पुनः सडकमै आउनुको विकल्प नभएको भन्दै दीर्घकालीन व्यावहारिक समाधान खोज्नुपर्नेमा जोड दिएका हुन् ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष एवं सभासद् विनोद पहाडीले आमाबाबुविहीन अनाथ, गरिब, सडक बालबालिकालाई निजी क्षेत्रबाट सञ्चालित बालगृहमा उचित संरक्षण भएको उल्लेख गर्दै सरकारले बालगृह सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “बालबालिका रहरले होइन, आफ्नो जीविकोपार्जनका लागि बाध्यताले श्रममा लागेका हुन्छन् । बालबालिकालाई बालश्रममा राख्न हुँदैन, तर त्यहाँबाट मुक्त गरेपछि उनीहरूलाई कहाँ लैजाने वा के गर्ने भन्ने सरकारसँग कुनै योजना छैन, त्यसैले सरकारले गर्नुपर्ने काम बालगृहबाट भएको छ ।”

राज्यको ऐन/कानुन, नीति नियमको पालना गर्दै मापदण्डभित्र रहेर सञ्चालन भएका बालगृहलाई स्थानीय, प्रदेश र सङ्घ सरकारले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

गोदावरी नगरपालिका–१ का वडा सदस्य झुमा पुर्कोटीले निजी क्षेत्रबाट स्थानीय तहमा सञ्चालित बालगृहलाई स्थानीय तहले सहयोग गर्ने कुनै नीति नभएकाले पनि ती बालगृह बन्द हुने अवस्थामा पुगेका बताउनुभयो ।

समाज कल्याण परिषद्का अधिकृत निरकुमार खड्काले सरकारी मापदण्ड पूरा गरेरमात्र बालगृह सञ्चालन गर्न आग्रह गर्नुभयो । बालगृहहरूको महासङ्घका कोषाध्यक्ष सुनिल लामाले बाल संरक्षणको सुनिश्चिततासँगै बालगृहले बालबालिकाको गुनासो सुन्ने निकायको व्यवस्था गर्दै बालगृह सञ्चालनसम्बन्धी राज्यको मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘नयाँ कोपिला बालगृह’ आमाबाबुविहीन विभिन्न परिस्थितिबाट पीडित गरिब, असहाय, दैवी प्रकोपमा परेका अनाथ, टुहुरा, सडक बालबालिका, घर छोडी भागेर हिँडेक तथा अभिभावकको जानकारी नभएका अनाथ बालबालिकाको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, ज्ञानमूलकलगायत आधारभूत आवश्यकताको व्यवस्था गर्ने उद्देश्यले २०६७ सालमा स्थापना गरिएको हो ।

सो बालगृहले असहाय, बाल श्रम शोषणा परेका तथा विविध कारणबाट हकअधिकारबाट वञ्चित तथा भेदभाव भएका बालबालिकालाई निःशुल्क कानुनी सहायता पनि दिँदै आएको गृहका अध्यक्ष धिरज गौतमले जानकारी दिनुभयो ।

नयाँ कोपिला बालगृहले समाजमा पछि परेका अशक्त, आर्थिक असक्षम, परिवारबाट त्यागिएका, विभिन्न जोखिम परिस्थिति परी कठिन जीवनयापन गरिरहेका बालबालिकाको पालनपोषण, हेरचाहसम्बन्धी सेवा पनि सञ्चालन गर्दै आएको छ ।