१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

चर्चा चुलिएसँगै ‘कुमारी’ले नेपालगन्ज देखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट गर्ने

चर्चा चुलिएसँगै ‘कुमारी’ले नेपालगन्ज देखि दमकसम्म लाइभ म्युजिकल कन्सर्ट गर्ने
अ अ+ अ-

काठमाडौं। आगामी माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को प्रवर्द्धनका लागि चलचित्र र लाइभ सङ्गीतलाई एउटै मञ्चमा जोडेर हुने ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’को ट्रेलर सार्वजनिक गर्दै विस्तृत जानकारी गराइएको छ।

बिहीबार साँझ काठमाडौंमा यस चलचित्रका पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले चलचित्र गीतमा प्रस्तुति दिँदै आयोजित विशेष कार्यक्रममा ट्रेलर सार्वजनिक गर्दै यसबारेमा जानकारी गराइएको हो।

बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यस एकीकृत प्रमोशनल टुर देशव्यापी स्तरमा सञ्चालन हुनेछ, जहाँ ब्यान्डसहित चलचित्रका प्रमुख कलाकारहरू अबिशेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउतसहितको समूह रहनेछ।

चलचित्र ‘कुमारी’को साङ्गीतिक आत्माका रूपमा स्थापित सो ब्यान्डलाई केन्द्रमा राख्दै नेपालगन्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिनेछ, जसअन्तर्गत माघ १ गते नेपालगन्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा लाइभ कन्सर्ट आयोजना हुनेछ। काठमाडौंको कन्सर्टमै चलचित्र ‘कुमारी’को आधिकारिक ट्रेलर सार्वजनिक गरिने पनि आयोजकले जनाएको छ।

हाल यस चलचित्रको गीत ‘डोको बुन्ने निगालो चोयाले’ चर्चित बनेको छ। यस गीतमा स्वर केहर सिंह लिम्बु, शब्द सागर लामिछाने मगर र सुमन तामाङ, तथा सङ्गीत सुमन तामाङ र केहर सिंह लिम्बुको रहेको छ। बिहीबारको कार्यक्रममा केहरले ‘डोको बुन्ने’ र यही चलचित्रको अर्को गीत ‘कता छौ मेरो फूल’ प्रस्तुत गरेका थिए।

चलचित्र ‘कुमारी’लाई नेपाली प्रेम कथानक धारको सशक्त प्रस्तुति मानिएको छ। देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत चलचित्र र सङ्गीतलाई एउटै उत्सवमा रूपान्तरण गर्ने उद्देश्यसहित आयोजना गरिएको निर्देशक दिनेश राउतले बताए। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन् भने निर्माता महेन्द्र अधिकारी हुन्।