१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेका छौँः मन्त्री खरेल

चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेका छौँः मन्त्री खरेल
अ अ+ अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले नेपाली चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी काम गरिरहेको बताउनुभएको छ ।

आज चाबहिलस्थित चलचित्र विकास बोर्डद्वारा आयोजित ‘चलचित्र क्षेत्रको आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले चलचित्रकर्मीले उठाएका समस्यालाई सक्दो समाधान गर्नेतर्फ आफू र मन्त्रालयले काम गरिरहेको उल्लेख गर्नुभयो ।

मन्त्री खरेलले भन्नुभयो, “चलचित्रकर्मीले पहिचान गर्नुभएका समस्या र प्राप्त सुझावलाई हामीले सुन्ने मात्र नभई कार्यान्वयनमा लगेका छौँ । राष्ट्रियसभामा प्रस्ताव गरिएको चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक चलचित्रकर्मीले चाहेअनुसारको ऐन हो । सचिवसहित मन्त्रालयका प्रतिनिधिको सहभागितामा १० दिन लगाएर सम्पूर्ण दफामाथि छलफल गरेका छौँ ।”

उहाँले आगामी बन्ने ऐनपश्चात् चलचित्र विकास बोर्ड स्वायत्त निकाय बन्ने जानकारी दिनुभयो । चलचित्रकर्मीको मागअनुसार बोर्डको अध्यक्षको कार्यकाल चार वर्षको हुने प्रावधान चलचित्र विधेयकमा राखिएको मन्त्री खरेलले बताउनुभयो ।

“मन्त्रालयले चलचित्रकर्मीको हितलाई केन्द्रमा राखी समस्या समाधानका लागि काम  हो । त्यसैले सहजताका लागि हदैसम्मको लचकता अपनाएर चलचित्र विधेयकमा छलफल गरेका छौँ ।

चलचित्र जाँचसम्बन्धी बनेको नयाँ कार्यविधिले चलचित्रकर्मीलाई अप्ठ्यारो पर्ने भएपछि मन्त्रालयका विज्ञ र चलचत्रकर्मी राखेर गरिएको छलफलपश्चात् तयार भएको कार्यविधि अब कार्यान्वयन हुनेछ । हामीलाई प्राप्त अधिकारको उच्चतम प्रयोग गरी सुधारका पक्षमा काम गरिरहेका छौँ”, मन्त्री खरेलले भन्नुभयो ।

उहाँले अहिले छलफलमा रहेको चलचित्र विधेयक राष्ट्रियसभाबाट प्रमाणीकरण भएर ऐन बनेपछि केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को नाम परिवर्तन भएर प्रमाणीकरण समिति हुने र त्यसको अध्यक्षका रूपमा चलचित्र विज्ञ रहने जानकारी दिनुभयो ।

“प्रमाणीकरण समिति भएपछि त्यहाँ चलचित्र क्षेत्रकै विज्ञले अध्यक्षता गर्नुहुन्छ र त्यहाँ रहने सदस्यमा चलचित्रकर्मीकै बहुमत हुन्छ । अहिले जस्तो मन्त्रालयका व्यक्तिले अध्यक्षता गर्नुहुँदैन । रष्ट्रियसभाले पारित गरी कानुन बनेर कार्यान्वयनमा आएपछि निर्वाचित भएर प्रतिनिधिसभामा आउने सांसदले त्यसलाई पारित गर्नुहुनेछ भन्ने विश्वास छ । नयाँ बन्ने ऐनले चलचित्र क्षेत्रका समस्यालाई न्यूनीकरण गर्नुका साथै ऊर्जा थप्नेमा विश्वस्त छु”, मन्त्री खरेलले भन्नुभयो ।

कार्यक्रममा कलाकार सुनिल थापालाई विशिष्ट चलचित्रकर्मीको परिचयपत्र प्रदान गरिएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले बोर्डमार्फत चलचित्रकर्मीको समस्या र सुझावलाई मन्त्रालयले मूल्याङ्कलन गरी आवश्यकता अनुसार कार्यन्वयन गर्दै आएको बताउनुभयो ।

“हामीले प्रस्तावित चलचित्र विधेयकमा छलफल गरेका छौँ । सोही कारण अब बन्ने ऐन आगामी २०–२५ वर्षसम्मका लागि चलचित्रकर्मीको हितमा रहनेछ भन्ने हाम्रो विश्वास छ । त्यसमा आवश्यक संशोधन गर्दै अगाडि बड्ने छाैँ । हामीले विधेयक प्रविधिमैत्री होस् भनेर छलफल गरेका छौँ”, सचिव अर्यालले भन्नुभयो । सरकारले चलचित्र प्रशिक्षण केन्द्रको स्थापना गरेर चलचित्रमा लाग्न चाहनेलाई सिक्ने अवसर प्रदान गर्ने उहाँले जानकारी दिनुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीको आवश्यकतालाई मध्यनजर गर्दै बोर्डले प्रशिक्षणलाई लक्षित गर्दै ११ वटा कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बोर्डका पूर्वअध्यक्ष कृष्ण मल्ल, निर्देशक आकाश अधिकारी, पुर्नेन्दु झा, लक्ष्मण सुवेदी, कलाकार मोहन निरौला, रवीन्द्रसिंह बानियाँ, नाजिर हुसेनलगायतकाे उपस्थिति थियो ।  रासस