१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः माथिल्लो त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार निरन्तर भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भिमादमा जिल्लाकै सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने



अ+ अ-

तनहुँ। तनहुँको भिमादमा जिल्लाकै सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको छ । भिमाद नगरपालिका–६ स्थित बेष्ट ब्वाई क्लबको आयोजनामा माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेष्ट ब्वाइज भलि फेस्ट–२०८२’ प्रतियोगिता हुनलागेको हो ।

प्रतियोगितामा विजेता समूहले रु तीन लाख एक हजार ९९, उपविजेताले नगद रु दुई लाख एक सय ९९ पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष संसार अन्जान सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार सान्त्वना हुने समूहलाई जनही रु ५०–५० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडीले रु २० हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १०–१० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश भलिबल सङ्घ, मणिमुकुन्द भलिबल क्लब बुटवल, न्यु होराइजन स्पोट क्लब, घले हार्वेस्टिङ अष्ट्रेलिया (गोर्खा) र न्युटन कलेज काठमाडौँको सहभागिता रहने जनाइएको छ ।

स्थानीयस्तरमा खेलकुदको विकास, युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने तथा भिमादको पहिचान राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको अध्यक्ष सुवेदीको भनाइ छ ।

प्रतियोगितामा राष्ट्रिय कलाकारको प्रस्तुतिसमेत रहनेछ । माघ १ गते समीक्षा अधिकारी र निश्चल दवाडी, माघ २ गते प्रकाश दुतराज, माघ ३ गते आश्मा विश्वकर्मा, अर्जुन सापकोटा र सविन राईको व्याण्ड, माघ ४ गते बद्री पङ्गेनी र शान्तिरानी परियारको प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ । रासस