१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्तीय आयोग वार्षिक प्रतिवेदन हस्तान्तरण

राष्ट्रिय प्रकृतिक स्रोत तथा वित्तीय आयोग वार्षिक प्रतिवेदन हस्तान्तरण
अ अ+ अ-

मोरङ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज आफ्नो सातौँ वार्षिक प्रतिवेदन बुझाएको छ ।

प्रदेश प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा नेपाल संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगका सदस्य विपीनराज निरौलाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन बुझाउनुभएको छ ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन ग्रहण गर्दै आयोगले प्रतिवेदनमा व्यक्त गरिएका सुझावहरूलाई सरोकारवालाहरूले कार्यान्वयन गरेमा मुलुकमा आर्थिक अनुशासन कायम हुने बताउनुभयो ।

उहाँले आयोगले उल्लेख गरेको प्राकृतिक स्रोत साधनको वितरणमा समानीकरण अनुदानलगायत अन्य विविध शीर्षकका अनुदान कानुनबमोजिम सदुपयोग भएमा नागरिकले सहज सेवा प्राप्त गर्नुका साथै मुलुकमा समृद्धि कायम हुने धारणा राख्नुभयो ।

प्रदेश प्रमुख खापुङले आयोगले आगामी दिनमा सशक्त रूपमा आफ्नो जिम्मेवारी पूरा गरी मुलुकमा आर्थिक अनुशासन कायम गर्न सहयोग पुर्याउने विचार व्यक्त गर्नुभयो ।

आयोगका सदस्य निरौलाले आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारबाट कोशी प्रदेश सरकारका लागि रु आठ अर्ब ९४ करोड ३२ लाख र प्रदेशका स्थानीय सरकारलाई रु १६ अर्ब चार करोड ७८ लाख वित्तीय समानीकरण अनुदान हस्तान्तरण गर्न सिफारिस गरेकामा प्रदेशलाई ९१ दशमलव ७६ र स्थानीय सरकारलाई ९१ दशमल ६९ प्रतिशत हस्तान्तरण भएको जानकारी दिनुभयो । रासस