९ असार २०८३, मंगलवार
,
Latest
सुविधाको मोहमा पलायन हुँदैछन् नेपाली चिकित्सक रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारागारमा रहेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन मगाउन आदेश



अ+ अ-

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री तथा नेकपा (एमाले)नेता टोपबहादुर रायमाझीको निवेदनमा उच्च अदालत पाटनले कैफियत प्रतिवेदन मगाउन आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले शुक्रबार जिल्ला अदालत काठमाडौंको आदेशबारे कैफियत प्रतिवेदन झिकाउन निर्देशन दिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७१(२) अनुसार रायमाझीले दिएको निवेदन जिल्ला अदालतले अस्वीकार गरेपछि उनी उच्च अदालत पुगेका थिए।

यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले २०८० असार १ गते रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। सो आदेश उच्च अदालत र सर्वोच्च अदालतबाट पनि सदर भएपछि उनी थुनामै छन्।

उक्त प्रकरणमा रायमाझीसहित ३० जनाविरुद्ध २०८० जेठ १० गते ठगी, किर्ते, सङ्गठित अपराध तथा राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरिएको थियो।