१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने

निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने
अ अ+ अ-

काठमाडौँ।  निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देश र गतिविधिलाई नियन्त्रण गरिने जनाएको छ ।

आयोगले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने गलत, भ्रामक र नकारात्मक क्रियाकलापको निगरानी गर्ने जनएको हो ।

सामाजिक सञ्जालमार्फत प्रवाह हुनसक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणाष्पद अभिव्यक्ति, अपव्याख्या, डिप फेक (गहिरो भ्रम) झुटो साइट वा एकाउन्ट, निन्दा वा मानहानीलगायत विषयमाथि अनुगमन गरी गैरकानुनी कार्यलाई कानुनबमोजिम दण्डित गरिने प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो । यसका लागि नियामक निकायसँग सहकार्य गर्ने नीति लिइएको उहाँले जानकारी दिनुभयो ।

यसै हप्ता सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक मेटा तथा टिकटकका प्रतिनिधिसँग संवाद भएको आयोगले जनाएको छ । यसका लागि मेटा, टिकटक र एक्स (ट्वीटर) लाई पत्राचार गरिएको छ । आयोगमा सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गत रहेर काम गर्नेगरी सूचना सदाचार प्रवर्द्धन एकाईले कार्य प्रारम्भ गरेको आयोगले जनाएको छ । सामाजिक सञ्जाल अनुगमन सफ्टवेयरलाई  प्रयोगमा ल्याइएको प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

आयोगले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन यो हप्ता प्रदेश सरकार र स्थानीय तहसँग समन्वय बैठक पनि सम्पन्न गरेको छ । यसैगरी आचारसंहिता अनुगमन समितिको बैठक यो हप्ता गरेर थप काम अघि बढाइएको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त बन्द सूची रुजु गरी सम्बन्धित दललाई पत्राचार गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुका लागि पुस २८ र २९ गते काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम सञ्चालन हुने भएको छ । तालिमका लागि मुख्य प्रशिक्षकहरु तयार गर्न प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिएको आयोगले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

आयोगले न्याय परिषद्को परामर्शमा ७७ जना जिल्ला न्यायधीशलाई मुख्य निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ । यसैगरी न्याय सेवा आयोगको परामर्शमा ८८ जना न्याय सेवाका राजपत्राङ्ीकत द्वितीय श्रेणीका अधिकृतलाई आजदेखि लागू हुने गरी निर्वाचन अधिकृत पदमा नियुक्ति गरेको छ ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले पुस २८ र २९ गतेको अभिमुखीकरणमा भाग लिई माघ २ गतेदेखि आ–आफ्नो निर्वाचन क्षेत्रमा कार्यालय स्थापना गरी काम सुरु गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच, आयोगले नमूना मतपत्र छपाइ सम्पन्न गरेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ गरी १० लाख नमूना मतपत्र छपाइ सम्पन्न गरिएको हो । मतदाता नामावली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको छ ।रासस