२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनाङ मर्स्याङ्दीद्वारा एनआरटी पराजित, उपाधि हाेड कायमै



अ+ अ-

काठमाडाैंः साविक च्याम्पियन मनाङ मर्स्याङ्दीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आइतबार न्युरोड टिम (एनआरटी)लाई ४–१ ले हराउँदै उपाधि होड कायमै राखेको छ । ११ औं चरणको अन्तिम एक खेलमा मनाङले एनआरटीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि यात्रालाई आइतबार जीवन्त राखेको हो । फराकिलो जित निकालेको मनाङ २२ अंक सहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

यद्यपि मनाङ शीर्ष स्थानको आर्मी भन्दा ४ अंकले पछि छ । लिगमा अब दुई खेल बाँकी रहेका छन् । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको खेलमा मनाङलाई जित दिलाउन अञ्जन बिष्टले २ तथा बिमल राना र दयानन्द सिंहले समान १–१ गोल गरे ।

एनआरटीका लागि सकल रेग्मीले सान्त्वना गोल गरे । लिगमा १२ औं चरणका खेलहरु सोमबारबाटै हुनेछन् । सोमबार तीन खेल हुनेछन् । एन्फा कम्प्लेक्समा हुने तीन खेल मध्ये पहिलो फ्रेण्ड्स क्लब र एपीएफ, दोस्रो खेल च्यासल युथ क्लब र सरस्वती युथ क्लब तथा तेस्रो खेल मच्छिन्द्र र संकटा क्लबबीच हुनेछ ।

११ औं चरणको खेलको समाप्तिमा २६ अंक सहित त्रिभुवन आर्मी शीर्ष स्थानमा छ । २५ अंक जोडेको मच्छिन्द्र दोस्रो, २२ अंकमा मनाङ तेस्रो र २० अंकमा थ्रीस्टार चौथो स्थानमा छन । ४ अंक मात्र भएको सरस्वती रेलिगेशन क्षेत्रमा छ भने एक अंकले मात्र अगाडि एपिएफ रहेको छ ।