२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिभावकको आखा रसाएपछि…



अ+ अ-

‘न सकिन्छ गरिखान , न सकिन्छ मरिजान बुढेशकालैमा’ …………

गायक बुद्धिसागर बस्यालले गाएको गित जस्तै धेरै छोरा छोरीका लागी जन्मदिने बाबु–आमा भारी भएका छन । उनिहरुलाई बृद्धाश्रममा लगेर बिसाउन आतुर छन् । तर पनि बृद्धाश्रममा पुगेकी आमाको मन मान्दैन त्यही अरुले दिएको मिठाई बाकेर छोरालाई भेट्न घर पुग्छिन् । यो दृश्यले स्वयंम्भूस्थित द एक्सेल्सियर स्कुलमा शैक्षिक प्रदर्शनी देखाईएको नाटक बदलिएको यथार्य हेर्न पुगेका घेरै अभिभाबकका आखा रसाय ।

बिद्यालयका नेपाली बिषयका सुपरिबेक्षक जितेन्द्र बस्न्यातको लेखन तथा निर्देशन रहेको नाटक बदलिएको यथार्थले बदलिएको वा सबेदनहीन हुृदै गएको समाजको चित्रले सबैलाई एक पटक गम्भिर भएर सोच्न बाध्य तुल्यायो । घरका सदस्यहरु कोहीलाई कसैको मतलब छैन, सबै आ आफनौ सुरमा छन् । छोरी मोवाईलमा नै मस्त छिन भने छोरो टिल्ल परेर रक्सी धोकेर आधारातमा घर फर्कन्छ । न त एउटै परिबार जस्तो लाग्ने श्रीमान र श्रीमतीको सम्बन्ध नै सुमधुर छ । यस्तै मानबिय संबेदना गराउदै समाजको चित्रले बिद्यार्थीहरुलाई आफनो संस्कार सिकाउन गरेको प्रयासलाई अभिभाबकहरुले राम्रो तारिफ गरे ।

मनछुने नाटक संगै अन्य क्षमताहरु पनि बिद्यार्थीले देखाएका थिए । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरु सहभागी भएको शैक्षिक प्रदर्शनीमा बिद्यार्थीहरुले रोबर्टबाट संञ्चालन र नियन्त्रण गर्न सकिने हवाईजहाज, बिद्युतीय सेन्सरबाट नियन्त्रण गर्न सकिने धारा ,जस्ता सामग्रीहरुको निर्माण गरेका थिए । घरायसी प्रयोगपछि फाल्नुपर्ने वस्तुहरूबाट बनाइएका सजावट सामग्री पनि निकै कलात्मक थिए । प्रदर्शनीमा खेलका माध्यमबाट सामान्य–ज्ञान, भाषा र साहित्यसँग सम्बन्धित प्रश्न र गाउँ खाने कथासम्बन्धी ज्ञान कसरी लिन सकिन्छ भन्ने बुझाइएको थियो ।

यसै गरी बिद्यार्थीहरुले तत्काल कुनै बिषयमा कविता सृजना गर्ने कला पनि देखाएका थिए । यसै गरी सामाजिक ,अग्रेजी, बिज्ञान, गणीत, बिषय संग सम्बन्धीत बिषयहरुलाई पनि शैक्षिक प्रदर्शनीमा बिद्यार्थीहरुले आफ्नो प्रतिभा देखाएका थिए । किताबको ज्ञान सगै ब्यबहारिक ज्ञानले बिद्यार्थीहरुको क्षमताको बिकास हुनु का साथै जिम्मेबारी बोध हुने अपेक्षा सहित शैक्षिक प्रर्दशनी आयोजना गरिएको बिद्यालयमा प्रध्यानाध्यापक प्रशान्त रजकले जानकारी दिए ।




भर्खरै