९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राससद्वारा निर्वाचन लक्षित आचारसंहित जारी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले प्रतिनिधिसभाको आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै आफ्ना पत्रकार, कर्मचारी एवं यहाँबाट उत्पादन हुने सामग्रीको स्वनियमन गर्ने उद्देश्यले निर्वाचन आचारसंहिता (परिमार्जन, २०८२) जारी गरेको छ ।

समितिको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उक्त आचारसंहिताका कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । राससले तयार गरेको २३ बुँदे आचारसंहितामा ऐन, नियम, विनियमको कार्यान्वयन, सामाजिक सद्भावको अभिवृद्धि, सबै राजनीतिक दलप्रति समान व्यवहार एवं महत्त्वजस्ता विषय समावेश छन् ।

त्यसैगरी, पछिल्लो समय सूचना प्रविधिको दुरुपयोगलाई निरुत्साहित गर्ने उद्देश्यले एआई, इलस्ट्रेसन तथा प्रतीक चिह्नको प्रयोगमा सावधानी अपनाउने विषय पनि संहितामा समेटिएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ ।

राससले निर्वाचन केन्द्रित गरेर आफ्नो सञ्चारगृहमा आचारसंहिता कार्यान्वयन गर्ने र त्यसले आगामी निर्वाचनलाई स्वच्छ, सन्तुलित एवं निष्पक्ष सञ्चार सामग्री उत्पादनमा सहयोग पुग्ने कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको विश्वास छ । सफलतापूर्वक निर्वाचन सम्पन्न गर्नु राज्यको महत्त्वपूर्ण जिम्मेवारी भएकाले सबै निकाय स्वनियमनमा बसेर सो कार्यलाई सहयोग गर्नुपर्नेमा उहाँको जोड छ । रासस




भर्खरै