४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

दिल्ली मतगणनाको तयारी पूरा

दिल्ली मतगणनाको तयारी पूरा
अ+ अ-

नयाँदिल्ली । नयाँदिल्लीमा शनिबार सम्पन्न विधानसभा चुनावको मतगणना भोलि अर्थात् मङ्गलबार हुँदैछ । दिल्ली निर्वाचन आयोगका प्रमुख रनबिर सिंहले मतगणनाका लागि दिल्लीका विभिन्न स्थानमा २१ वटा केन्द्रको व्यवस्था गरिएको जानकारी दिए । मतगणना कार्य बिहान ८ बजे शुरु हुनेछ । विद्युतीय मतदान भएकाले चुनावी परिणाम मङ्गलबार नै सार्वजनिक हुने अनुमान गरिएको छ । उनले दिल्लीको मतदान केन्द्रहरुमा खटिएका मतदान अधिकृतहरुले दिनरात लगाएर तथ्याँकहरु रुजु गरिरहेको जानकारी दिए ।

सिंहले चुनावको नतिजा स्वच्छ र विश्वसनीय बनाउन आयोगले हरसम्भव प्रयास गरिरहेको छ भने ।दिल्लीको सत्तारुढ आम आदमी पार्टी (आप) का नेताहरुले निर्वाचन समाप्त भएपछि विद्युतीय मतदान उपकरणहरु अनधिकृत तरिकाबाट अन्यत्र लगिएको भन्दै विरोध जनाएका छन् । तर प्रमुख आयुक्त सिंहले आपको उक्त दाबीमा सत्यता नरहेको दाबी गरे । उनले पर्यवेक्षक र सबै दलका उम्मेदवारहरुको रोहबरमा विस्तृत अनुसन्धान पनि गरिसकेको पनि बताए ।

अनुसन्धानमा विद्युतीय मतदान केन्द्रहरु सबै ठीक र दुरुस्त अवस्थामा रहेको भेटिएको पनि उनले बताए । नयाँदिल्लीको ७० स्थानका लागि भएको निर्वाचनको नतिजाप्रति सबैको ध्यान गएको छ । चुनावपछि सार्वजनिक मतसर्वेक्षणले मुख्यमन्त्री अरविन्द केजरीवालको नेतृत्वमा रहेको आपले दुई तिहाई स्थान जित्ने अनुमान प्रस्तुत गरेका छन् ।