२७ भाद्र २०८३, शनिबार
,
Latest
महाधिवेशनको तिथिमिति तलमाथि गर्नु हुँदैन: कांग्रेस नेता अब्दुल सत्तार ‘हामी सरकारलाई साथ दिन र मिलेर काम गर्न तयार छौं, तर सरकार पनि सहकार्यका लागि… नेपालले पाउनुपर्ने जलवायु न्याय पौडेलको ‘एड गुरु सिद्धान्त र अनुभव’ सार्वजनिक बेँसीसहर-चामे सडक आज दिनभर बन्द हुने नयाँ पुस्तालाई संस्कृतिसँग जोड्ने गुँला पर्व आज समापन हुँदै कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य आज विश्व प्राथमिक उपचार दिवस जङ्गलमा भरुवा बन्दुक भेटिए, लागुपदार्थसहित महिला पक्राउ पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन अघि बढाउँदै महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चन्द्र ढकालले दिए एक करोड



अ+ अ-

चितवनः चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी श्रीमद्भागवत महापुराण एवं धनधान्याचल महोत्सवकाे अन्तिम दिन सोमबार पनि दान गर्ने दाताहरुको उल्लेख्य उपस्थिति रह्यो । उक्त महोत्सवको समापनका अवसरमा चितवन पुग्नु भएका नेपालका उदीयमान व्यवसायी एवं ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले रंगशाला निर्माणका लागि १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न आफूले सहयोग गरेको उनले बताए । थोरै भएपनि सबैले सहयोग गरे रंगशाला तोकिएकै मितिमा सम्पन्न हुने उनको विश्वास छ । रंगशाला निर्माणमा सहयाेग गर्नेहरूलाइ चितवन महानगरकी प्रमुख रेणु दाहालले सम्मान गरेकी थिइन् ।

आइतबारसम्म ३५ करोड संकलन भइसकेको बाग्मती प्रदेशका सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए ।

करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ । उक्त रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनको अग्रसरतामा निर्माण भइरहेको छ ।

यसैबीच, बैंकद्वार जारी विज्ञप्तिमा राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरुले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंक परिवार अत्यन्तै खुशी रहेको उल्लेख छ ।
ग्लोबल आइएमई बैंक परिबार भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहना अनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास राख्दै शुभकामना व्यक्त गर्दछ, विज्ञप्तिमा भनिएको छ । (तस्वीर साैजन्य अनिल अधिकारी)