२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चन्द्र ढकालले दिए एक करोड



अ+ अ-

चितवनः चितवनको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी श्रीमद्भागवत महापुराण एवं धनधान्याचल महोत्सवकाे अन्तिम दिन सोमबार पनि दान गर्ने दाताहरुको उल्लेख्य उपस्थिति रह्यो । उक्त महोत्सवको समापनका अवसरमा चितवन पुग्नु भएका नेपालका उदीयमान व्यवसायी एवं ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले रंगशाला निर्माणका लागि १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

देशकै गौरबको योजनाको रुपमा रहेको क्रिकेट रंगशाला निर्माणमा हातेमालो गर्न आफूले सहयोग गरेको उनले बताए । थोरै भएपनि सबैले सहयोग गरे रंगशाला तोकिएकै मितिमा सम्पन्न हुने उनको विश्वास छ । रंगशाला निर्माणमा सहयाेग गर्नेहरूलाइ चितवन महानगरकी प्रमुख रेणु दाहालले सम्मान गरेकी थिइन् ।

आइतबारसम्म ३५ करोड संकलन भइसकेको बाग्मती प्रदेशका सांसद समेत रहेका संयोजक विजय सुवेदीले जानकारी दिए ।

करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेको छ । उक्त रंगशाला धुर्मुस सुन्तली फाउन्डेसनको अग्रसरतामा निर्माण भइरहेको छ ।

यसैबीच, बैंकद्वार जारी विज्ञप्तिमा राष्ट्रको खेलकुदको विकास तथा क्रिकेटका क्षेत्रमा विगतमा नेपाली खेलाडीहरुले गरेको प्रगतिलाई थप उर्जा प्रदान गर्दै खेलकुदमार्फत समग्र राष्ट्रलाई एकजुट बनाउने महानगरपालिकाको अभियानमा सहयोग गर्न पाउँदा बैंक परिवार अत्यन्तै खुशी रहेको उल्लेख छ ।
ग्लोबल आइएमई बैंक परिबार भरतपुर महानगरपालिकाको योजना तथा सम्पूर्ण देशवासीको चाहना अनुसारको यो रंगशाला निर्माण कार्य समयमै सम्पन्न हुने विश्वास राख्दै शुभकामना व्यक्त गर्दछ, विज्ञप्तिमा भनिएको छ । (तस्वीर साैजन्य अनिल अधिकारी)




भर्खरै