२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा प्रहरी समायोजनसहित ६ विधेयक प्रमाणीकरण, कुन-कुन विधेयक प्रमाणीकरण भए ?



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा विधेयक प्रमाणीकरण गरेकी छन् । मंगलबार संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेकी हुन् ।

प्रमाणीकरण हुने विधेयकहरुमा प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी, प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, औद्योगिक व्यवसाय विधेयक र राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) विधेयक रहेका छन् ।