२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली इप्पान र क्यानेडियन ड्याम एशोसिएशनबीच प्राविधिक सहयोग सम्बन्धमा सम्झौता खाद्य कम्पनीबाट खसीबोका र च्याङ्ग्राको विक्री शुरु, १४ सय खसीबोका र ३ सय च्याङ्ग्रा विक्री… स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता सरकारले यात्रुले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका वस्तु सम्बन्धी आदेश जारी गर्ने सागर ढकाल १५ लाखमा पोखरामा अनुबन्धित अनिल १५ लाखमा जनकपुरमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण हुँदैन: सञ्चारमन्त्री



अ+ अ-

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले काठमाडौंमा क्रान्तिकारी बहस गरेर व्यावहारीक रुपमा महिला सशक्तिकरण नहुने बताउनु भएको छ । राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘सूचनाको हकका लागि महिला सशक्तिकरण’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले काठमाडौंमा गरिने बहसले छाउपडी र बोक्सी प्रथा अन्त्य नहुने भन्दै सम्बन्धित क्षेत्रमा गएर बहस चलाउन आग्रह गरे ।

उनले भने ‘एउटा माथिल्लो नीति निर्माताको तहमा, अर्को कार्यान्वयनकर्ताको तहमा, अर्को आम नागरिकहरु जसलाई आफ्ना हकका कुराहरुको जानकारी चाहिएको छ त्यसको उन्मुलन हो नी त्यसैले प्रधानमन्त्रीले शुख र समृद्धि मात्रै भनेर भएन नी , रातभरी सुत्दाखेरी त्यसैत रजश्वला हुँदा रगत गएर मान्छे कमजोर हुन्छ उसलाई हेरविचारको केयरको आवश्यकता हुन्छ अरु आरामको आवश्यकता हुन्छ त्यो बेलामा रातभरी सर्पले ठुँग्ने हो की अर्को कोही अपराधि आएर हातपात गर्ने हो भनेर चिन्तामा राख्नुपर्ने कुरा बस्नुपर्ने कुरा सुरक्षा भन्दा अर्को भय सिर्जना गर्ने कुरा कुन हक हो ? त्यसैले ठुलोठुलो क्रान्तिकारी बहस गर्नुभन्दा साधारण व्यवहारीक कुराबाट समाजको रुपान्तरण र परिवर्तन तर्फ लाग्नुपर्छ ।’

उनले सूचनाको हक भन्नेकुरा आफ्नो देश, आफ्नो अधिकार र आफ्नो कर्तव्यको बारेमा पनि थाहा पाउने हो । तर अधिकार खोज्नेले कर्तव्य विर्षने परिपाटीले वास्तविक सूचना नआउने गरेको उनले बताए । कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खडकाले संविधानमा महिला अधिकारहरु सुनिश्चित भएपनि कार्यान्वयनमा समस्या रहेको बताए । उनले महिलाका लागि सूचनाको हकका विषयमा सूचना आयोग बेखबर भएको आफुलाई लागेको बताए ।

उनले महिला सशक्तिकरणका लागि काठमाडौंमा हुने सेमिनारले देशभर हुने गरेका महिलाको समस्याको समाधान गर्न नसक्ने बताए । सूचना हाम्रो अधिकारः सुशासन र विकासको आधार’’ भन्ने नारासहित राष्ट्रिय सूचना आयोगले सूचनाको हकका लागि महिला सशक्तिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाडौंमा आयोजना गरेको हो । कार्यक्रममा सहभागिहरुले महिलालाई राजनीतिक, सामाजिक र आर्थिक रुपमा सशक्त बनाउन सूचनाको पहुँचको विकास र विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।




भर्खरै