२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीकाे विवाद कायमै, अमेरिकाले दियाे चेतावनी (अखबारहरू)



अ+ अ-

काठमाडाैंः राजधानीबाट बुधबार प्रकाशित दैनिक अखबारहरूले मुलुकका प्रमुख राजनीतिक एवं समसामयिक विषयमा समाचारहरू प्रकाशन गरेका छन् । नेपाली जनसमुदायमा सर्वाधिक चासाेकाे रूपमा हेरिएकाे चीनबाट नेपाली विद्यार्थीकाे उद्धारकाे विषयलाइ अखबारहरूले प्राथमिकता दिएका छन् । चीनबाट कसरी ल्याइँदैछ नेपाली विद्यार्थी भन्ने विषयमा अन्नपूर्ण पाेस्ट र गाेरखापत्र दैनिकले समाचार प्रकाशन गरेका छन् । दिल्ली विधानसभा निर्वाचनको परिणामलाई अन्नपूर्ण पाेस्टले मुख्य समाचार बनाएकाे छ । मंगलबार सम्पन्न दिल्लीकाे मतगणनामा अरविन्द केजरीवालकाे आम आदमी पार्टीले अत्यधिक बहुमतसाथ जित हासिल गरेको छ ।

एमसीसी सम्झाैतामा हस्ताक्षर गर्दै तत्कालीन अर्थमन्त्री ।

‘एमसीसी संशोधन अमेरिकालाई अमान्य’ शीर्षकमा अन्नपूर्णले नै अर्काे समाचार छापेकाे छ । समाचार अनुसार, सम्झौता कार्यान्वयन चरणमा गइसकेकाले यसमा कुनै संशोधन भए त्यो आफ्नो सरकारलाई मान्य नहुने चेतावनी अमेरिकाले दिएको छ । एमसीसीका युरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपालको चारदिने भ्रमणका क्रममा सत्तारूढ दलका नेतालाई भेटेर यसबारे प्रष्ट पारेको अन्नपूर्णको दाबी छ ।

सम्पदा जोगाउन खाली खुट्टासहित गरिएको प्रदर्शनको तस्वीर कान्तिपुर दैनिकले छापेकाे छ । साथै तुइन तर्न १०० रुपैयाँ तिर्नुपर्ने हुम्लाको बाध्यतालाइ पनि समाचारमा समेटिएकाे छ । हुम्लाको खार्पुनाथ गाउँपालिकाका स्थानीयले तुइन तर्नकै लागि चर्को शुल्क तिर्ने गरेका हुन् । कान्तिपुर लेख्छ– पैसा नहुनेले कर्णाली वारपार गर्न पाउँदैनन् । विद्यार्थी पढाउन नोबेल मेडिकल कलेजले गरेको अटेरीबारे पनि कान्तिपुरले समाचार छापेको छ ।

नयाँ पत्रिकाले घरेलु मजदुरका रूपमा कार्यरत बालबालिकाबारे सोधीखोजी गरेको छ । समाचार अनुसार, ५५ हजार बालबालिका घरेलु मजदुरका रूपमा कार्यरत छन् । घरेलु मजदुरका रूपमा कार्यरत बालबालिकामाथि शोषण र कुटपिट हुँदा अनेक घटना हुने गरेको नयाँ पत्रिका समाचारको सार छ । नयाँ पत्रिका लेख्छ– पूर्वसचिव अर्जुन कार्कीको घरमा भएको जघन्य अपराधमा संलग्नप्रति सहानुभूति देखाउन सकिँदैन । तर गैरकानूनी रूपमा बालबालिकालाई घरेलु मजदुर राख्ने मालिकले कुटपिट मात्र होइन, श्रम शोषण र यौन उत्पीडन गरेका अनेक घटना प्रहरीमा छन् ।

केही राष्ट्रिय दैनिकका मुख्य पृष्ठ