२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले टस जित्यो, ब्याटिङ गर्दै अमेरिका



अ+ अ-

काठमाडौंः नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अहिले नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा भइरहेको छ । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर क्षेत्ररक्षणा रोजेको छ भने अमेरिकाले व्याटिङ गरिरहेको छ ।

अघिल्लो खेलमा ओमानविरुद्ध एक दिवसीयमा पहिलाे खेल खेल्ने माैका पाएका कमल सिंह ऐरीको स्थानमा ललितनारायण राजवंशी खेलिरहेका छन् । यसअघि नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको थियो ।

ओमानले नेपाल र अमेरिकासँग खेलेका सबै चार खेल जित्दै सिरिज क्लिनस्वीप गरिसकेको छ ।