२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप र भारीकाे अघिल्तिर अमेरिका निरिह, ३५ रनमा अलआउट



अ+ अ-

काठमाडाैंः कीर्तिपुरकाे अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बुधबार जारी नेपाल र अमेरिकाबीचकाे एक दिवसीय खेल राेमान्चक माेडमा पुगेकाे छ ।

टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अमेरिकाले सन्दीप लामिछाने र सुशान भारीकाे कसिलाे बलिङकाे अगाडि धेरै बेर टिक्न सकेन । अमेरिकी टाेली १२ अाेभरमै ३५ रन बनाएर अलआउट भएकाे छ । नेपालका लागि सन्दीपले ६ र सुशानले ४ विकेट लिएका थिए ।

अमेरिकी टाेलीका लागि सर्वाधिक व्यक्तिगत रन जेभियर मार्सलले १६ रन बनाएका थिए । अरू कुनै पनि खेलाडीले दाेहाेराे अंककाे रन बनाउन सकेनन् । बरू चार जना खेलाडी शून्य रनमै बिदा भए ।