१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

उपचारका क्रममा वडासदस्य चेपाङको निधन

उपचारका क्रममा वडासदस्य चेपाङको निधन
अ अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा भरतपुर अस्पतलमा उनको निधन भएको हो । यही माघ २२ गते गाउँपालिका कार्यालय आउनुभएका उनी अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न गएका थिए ।

उनले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पुर्याइएको थियो । अचेत अवस्थामा अस्पताल पुर्याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचितभएका थिए । उनको देवघाटमा अन्त्येष्टि गरिएको छ ।