२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपचारका क्रममा वडासदस्य चेपाङको निधन



अ+ अ-

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका–२ का वडासदस्य खिरबहादुर चेपाङको निधन भएको छ । मङ्गलबार राति १०ः३० बजे उपचारका क्रममा भरतपुर अस्पतलमा उनको निधन भएको हो । यही माघ २२ गते गाउँपालिका कार्यालय आउनुभएका उनी अचानक टाउको दुखेपछि दारेचोक स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षण गर्न गएका थिए ।

उनले लगातार वान्ता गर्न थालेपछि सोही दिन तत्काल गाउँपालिकाको एम्बुलेन्समार्फत भरतपुर अस्पताल पुर्याइएको थियो । अचेत अवस्थामा अस्पताल पुर्याइएका चेपाङको भरतपुर अस्पतालको सघन कक्षामा उपचारकै क्रममा निधन भएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिए ।

वडासदस्य निधनको शोकमा गाउँपालिका मातहतका सबै कार्यालयमा आज सार्वजनिक बिदा गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । चेपाङ तत्कालीन नेकपा एमालेबाट वडासदस्यमा निर्वाचितभएका थिए । उनको देवघाटमा अन्त्येष्टि गरिएको छ ।