३१ भाद्र २०८३, बुधबार
,
Latest
‘पृथ्वीराजमार्गको अलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने अवस्था छैन’–जैसी प्रतिनिधि सभा नियमावलीका विवादित प्रावधान कार्यान्वयनमा सर्वोच्चको रोक चामे–बेँसीसहर सडक अवरुद्ध इन्द्रध्वजको प्रतीक आइपुग्यो भोटाहिटीमा, शनिबार नगर प्रवेश गराइने दुर्घटनामा एक जनाको मृत्यु प्रधानमन्त्री शाहसँग जापानका राजदूत तोरुको शिष्टाचार भेट भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग खराब प्रदर्शनबाट नेपालको २० औं एशियन गेम्सको शुरुवात विपद् व्यवस्थापनका लागि स्पष्ट टीओआरसहित संसदीय समिति गठन गर्न कांग्रेस सचेतक राईको माग भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा थप  १३ हजार १५४ जना कोरोना सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट थप १३ हजार १५४ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ९६१ जना ओमिक्रोन भेरियन्टका रहेका छन् । 

यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित संख्या तीन करोड ४८ लाख  २२ हजार ४० पुगेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।   सोही अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । यसैसँगै भारतमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या चार लाख ८० हजार ८६० पुगेको मन्त्रालयले थप जानकारी दिएको छ । 

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या ८२  हजार ४०२ जना रहेका छन् । अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या कूल सङ्क्रमितको सङ्ख्याको ०।२४ प्रतिशत मात्रै रहेको मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा भारतमा सात हजार ४८६ जना कोरोनाबाट मुक्तभएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४२ लाख ५८ हजार ७७८ जनालाई कोरोना सङ्क्रमण निको भएका छन् । भारतमा कोरोना भाइरस निको हुने दर ९८.३८ प्रतिशत रहेको जनाइएको छ । यो सङ्ख्या सन् २०२० को मार्चपछि सबभन्दा बढी भएको समाचारमा जनाइएको छ ।

भारतमा कोरोना सुरु भएदेखि हालसम्म ६७ करोड ६४ लाख भन्दा बढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ  जनवरी १६ सन् २०२१ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्व ४३ करोड १६ लाख भन्दा बढी डोज खोप लगाइएको जनाइएको छ । (रासस/एएनआई)