९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

वायु प्रदूषण नियन्त्रणमा सबै जागरुक बनौँः मन्त्री चौलागाईं

वायु प्रदूषण नियन्त्रणमा सबै जागरुक बनौँः मन्त्री चौलागाईं
अ अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले वायु प्रदूषण नियन्त्रण गर्न सरकारसँगै सरोकारवाला सबै निकायले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजनामाथि छलफल गर्न आज यहाँ आयोजित उच्चस्तरीय समन्वयात्मक समितिको बैठकमा मन्त्री चौलागार्इंले सरोकारवाला निकायबीच तथ्याङ्क व्यवस्थापन तथा कार्यसम्पादनमा प्रभावकारी समन्वयको खाँचो औँल्याउनुभयो ।

यसमा वन मन्त्रालयले समन्वयकारी भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उहाँले आफू मन्त्रालयमा आइसकेपछि वातावरण विभागलाई महत्वपूर्ण निकायका रूपमा लिई विभागसँगको समन्वयमा काम गरेको बताउनुभयो ।

“वायु प्रदूषण नियन्त्रणका सम्बन्धमा तुलनात्मक रूपमा स्थानीय तहले आवश्यक तयारी र काम गरिरहेका छन्, अन्य निकायले पनि आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्छ”, मन्त्री चौलागार्इंले भन्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्माले वायु प्रदूषण नियन्त्रणका सम्बन्धमा सरकारी निकायबीच र नीतिगत समन्वय तथा सहजीकरण गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वन मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले नीतिगत पृष्ठपोषण र बैठकबाट प्राप्त सुझाव आगामी दिनमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले केही समय अघिको तुलनामा काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा सुधार आएको उल्लेख गर्दै अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो । वायु गुणस्तरमा सुधार गर्न स्थानीय तहको भूमिका बढी हुने उहाँको भनाइ थियो ।

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले बैठकले बढ्दो वायू प्रदूषण कम गर्न जिम्मेवारी पाएका सबै निकायले तत्काल गर्न सकिने काम गर्नुपर्नेमा जोड दिनुभयो । आगामी आर्थिक वर्ष २०८३÷८४ मा तर्जुमा गर्ने बजेटमा कार्ययोजनाले जिम्मेवारी तोकेका सबै निकायले आफ्नो जिम्मेवारीमा रहेका र कार्यान्वयन हुन बाँकी रहेका क्रियाकलाप सम्पन्न गर्न प्राथमिकतामा राखी बजेट तथा कार्यक्रममा समावेश गर्ने बैठकको निर्णय छ ।

यसैगरी कार्ययोजनालाई समयानुकूल परिमार्जन गरी समय सापेक्ष र प्रभावकारी बनाउन सबै जिम्मेवार निकायले आगामी पाँच वर्षका लागि काठमाडौँ उपत्यकाको वायु प्रदूषण कम गर्न अनुगमन सूचकसहित पहिचान गरी वातावरण विभागमा पठाउने निर्णय गरिएको छ ।

वातावरणविद् भूषण तुलाधरले वायु प्रदूषण नियन्त्रण गर्न स्थानीय तहदेखि राष्ट्रियस्तरसम्मका कार्ययोजना समयतालिका अनुसार बनाइ लागू गर्नुपर्ने र प्रदूषण नियन्त्रणवापत सङ्कलन गरिएको कर खर्च गर्न तत्काल निर्देशिका बनाउन सुझाव दिनुभयो ।रासस