२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितानिवास जग्गाप्रकरण: पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईलाई भ्रष्टाचारमा कारबाही माग्दै सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौं । ललितानिवास जग्गाप्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र ड. बाबुराम भट्टराईको पनि संलग्नता रहेको दाबीसहित उनीहरुलाई पनि भ्रष्टाचार मुद्दामा कारबाही चलाउन माग गर्दै आज सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सरकारी जग्गा व्यक्तिको नाममा सार्ने निर्णय गर्ने सिंगो मन्त्रिपरिषद नै दोषी भएको दाबीसहित सो रिट दायर गरेका हुन् ।

प्रधानमन्त्रीसहित उनीहरुको मन्त्रिपरिषदका सबै मन्त्रीलाई भ्रष्टाचार मुद्दा लगाउन उक्त रिटमा माग गरिएको छ । उनले बुधबार सो रिट दर्ता गराएका हुन् ।

मन्त्रिपरिषदले गरेका सबै निर्णय नीतिगतहुने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ब्याख्या गलत भएको उनको दाबी छ । यस अघि मन्त्रिपरिषदका नीतिगत निर्णयलाई कारबाहीको दायरामा ल्याउन नसकिने अख्तियारले व्याख्या गरेको थियो ।