२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई जना लागुऔषध कारोबारी पक्राउ



अ+ अ-

पोखरा । तनहुँमा दुई जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका १ सत्रसयबाट विशेष स्र्रूचनाअनुसार प्रहरीले उनीहरलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका ६ का २४ वर्षीय सुजना तामाङ र आबुँखैरेनी सत्रसयकै २० वर्षीय आइते तामाङ रहेका छन् ।

उनीहरु ना १७ प ३३७२ नम्बरको स्कुटरमा सवार थिए र उनीहरुलाई चेकजाँच गर्दा डाइजापाम ५२ थान, नुफिन ५१ थान, फेनेरागन ५३ गरि जम्माजम्मी १ सय ५६ थान लागुऔषध उनीहरुबाट प्रहरीले बरामद गरेको छ ।