२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिनको २ घण्टा नागरिकलाई सिंहदरबारमा प्रवेश दिनुपर्छ: सांसद चौधरी



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरीले सर्वसाधारण नागरिकलाई पनि सिंहदरवार प्रवेश सहज बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले देश संघीयतामा गए पनि सिंहदरबार छिर्न भने नागरिकले अझै सास्ती खेप्न परेको भन्दै यसलाई सहज बनाउन आग्रह गरेकी हुन् ।

‘देश संघीयतामा गएपछि पनि विभिन्न काम लिएर सिंहदरबार आउने क्रम जारी छ । सिंहदरबार आउने नागरिकलाई भित्रबाट पास दिनुपर्ने व्यवस्था छ । सुरक्षाको हिसाबले पनि यो व्यवस्था छ । अब निश्चित समयभित्र दिनको २ घण्टा नागरिकलाई सिंहदरबारमा प्रवेश दिनु न्यायोचित हुन्छ’, चौधरीले भनिन्, ‘समयको वचत हुन्छ । नेपाली नागरिकता या राष्ट्रिय परिचय पत्रको आधारमा प्रवेश दिँदा सिंहदरबार मेरो पनि हो भन्ने अनुभूति गराउन सकिन्छ ।’