१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित News Polar फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने News Polar धानबालीमा रोग–कीराको समस्या : किसान चिन्तित News Polar अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान News Polar काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

विद्युत प्राधिकरणमा प्रशासन प्रमुखमाथि हातपातको प्रयास

विद्युत प्राधिकरणमा प्रशासन प्रमुखमाथि हातपातको प्रयास
अ अ+ अ-

काठमाडौंः नेपाल विद्युत प्राधिकरणमा सरुवा र बढुवाको बखत तानातान भइनै रहन्छ, तर गत साता अलिबढी तनाब उत्पन्न भएपछि प्राधिकरणभित्र निकै चासो बढेको छ । जनसाधन विभागका निर्देशक तुलाराम गिरीको कार्यकक्षमा प्रशासन महाशाखाका प्रमुख डोलनाथ कँडेल र प्रशासन शाखा प्रमुख जमुना कुमारी खड्कालाई आधिकारिक ट्रेड युनियनका अध्यक्ष तथा नेविप्रा संचालक समितिका पदेन सदस्य रामेश्वर पौडेल समेतको टोलीले कडा दबाब दिएका छन् ।

कार्यकारी निर्देशक कुलमान घिसिङको “सही व्यक्ति सही स्थान” नीति मुताबिक उनकै निर्देशनमा आवश्यकता अनुसार केही कर्मचारीलाई सरुवा गरिएको कुरा गिरीले बताए । अत्यावश्यक कार्यालयमा सरुवा, बढुवा विनियमावली अनुसार सरुवा गरेको विषयमा अध्यक्ष पौडेल सहित एक हुल कर्मचारीहरु कार्यकक्षमा आई त्यसमा आफूले भनेका मानिसहरु राख्नु पर्ने दबाब दिएका थिए । सोही विषयमा कुरा बढ्दै जाँदा कार्यकारी निर्देशकसम्मको परामर्शमा ऐनले प्रदान गरेको अधिकार प्रयोग गरी सरुवा गरिएको आफूहरुले बताएको गिरीको भनाई छ । तर आफूले भनेको हुनै पर्ने भन्दै कि त एमडीलाई यहाँ बोलाउनु नत्र एमडीकै कोठामा लैजानु भन्दै दबाबले काम गराउन खोजिएको अवस्था हो । त्यतिकैमा मेरो कार्यकक्षको चुकुल लगाएर मलाई कुट्ने प्रयास हुँदा कँडेलले छेकेका थिए । यस्तो दबदबा सहेर गलत निर्णय र काम गर्न सकिँदैन भनेर हामी तीनै जनाले यस महाशाखामा नबस्ने भनी एमडीलाई भनेका छौं, गिरीले बताए ।

ट्रेड युनियनका अध्यक्ष पौडेलले विनियमावली अनुसार दुर्घटनामा परेका, मृगौला फेल भएका, बाउआमा अशक्त भएका र आवश्यकतालाई हेरेर सरुवा गर्नुपर्छ भन्ने हाम्रो भनाई रहेको बताए । उनले भने – कुराकानी गर्दै जाँदा ठूलो स्वरले चर्काचर्की भएको हो, प्रायः हाम्रो बहस त्यस्तै हुन्छ तर हात हालेको भने होइन । हामीले विनियमावली अनुसार दुःख पाएका कर्मचारीलाई प्राथमिकता दिउँ भन्दा बहस भएको हो र त्यही कारणले त्यो महाशाखामा बस्दिनँ भन्नु भएको छ । हाम्रो भनाई असक्षम मानिसहरु बस्नु हुँदैन भन्ने नै हो, पौडेलले बताए ।

नेविप्रा मात्र होइन विभिन्न सरकारी संस्थाहरु र सरकारी कार्यालयहरुमा युनियनले थर्काएर आफ्नो काम लिने गरेको कुरा कुनै नौलो भने होइन । ससानो कुरामा युनियनहरुले प्रशासन र व्यवस्थापनमा दबाब दिने गरेको कुरा छर्लङ्ग छ । पौडेलको भनाई अनुसार पनि थर्काएर दबाब सिर्जना गर्ने प्रया गरेको कुरा पुष्टी हुन्छ । विद्युत प्राधिकरणको सवालमा जनताको नजरमा खाकमा पुगेको साख भर्खर तंग्रिदै सुधारिँदै गएको अवस्थामा पुनः पुरानै शैली जसले सक्यो त्यसले थर्कायो गर्न थाल्ने हो भने थितिले बाटो छोड्छ । प्रशासन ठीक हो कि युनियन भन्ने कुराको पक्ष विपक्षसँग हाललाई समाचारको कुनै तर्क छैन । तर यति चाहिँ पक्कै हो कि जाँचपास गरेर जागिर खानेहरुले युनियनको नाममा भिजिलान्ते शैली अपनाएको विषयलाई राम्रो भन्न सकिन्न ।